Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

उम्मेदवारलाई आज निर्वाचन चिन्ह प्रदान गरिँदै,कुन पार्टीले कति पदमा उम्मेदवारी दिए ?

उम्मेदवारलाई आज निर्वाचन चिन्ह प्रदान गरिँदै,कुन पार्टीले कति पदमा उम्मेदवारी दिए ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १७, २०७९ शनिवार • १०:२०:५२ बजे
  • 367
    SHARES
  • उम्मेदवारलाई आज निर्वाचन चिन्ह प्रदान गरिँदै,कुन पार्टीले कति पदमा उम्मेदवारी दिए ?

    निर्वाचन आयोगको पूर्वनिर्धारित तालिका अनुसार आज दल तथा स्वतन्त्र उम्मेदवाहरूलाई निर्वाचन चिन्ह प्रदान गर्दै छ। यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आज आयोगले दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्न लागेको हाे ।

    images

    आयोगले गत आइतबार र सोमबार दलहरुलाई उम्मेदवारी मनोनयन गर्न अह्वान गरेको थियो । उक्त उम्मेदवारीमाथि उजुरी गर्न समय दिइएकाे थियाे भने परेका उजुरीमाथिको छनविनपछि शुक्रबार आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको थियो ।

    आजको निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम पनि सम्बन्धित निर्वाचन अधिकृतकाे कार्यालयमा हुने आयोगले जनाएको छ । स्थानीय निर्वाचनकान लागि मुलुकभर ७९ दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । साथै स्वतन्त्र उम्मेदवारी समेत उल्लेख्य रूपमा परेको निर्वाचन आयोगले जनाएको छ ।

    जसमा नेकपा एमालेले सबैभन्दा बढी स्थानमा उम्मेदवारी दिएको छ । उसले ३३ हजार ५०३ पदमा उम्मेदवारी दर्ता गरेको छ । दोस्रोमा काँग्रेसले ३१ हजार ४२५ र माओवादी केन्द्रले २२ हजार २७९ पदमा उम्मेदवारी दिएको छ ।

    एकीकृत समाजवादी पार्टीले ११ हजार ३३० जना उम्मेदवार त्यस्तै जसपाले ९ हजार ४८१ जना उम्मेदवार उठाएको छ । लोसपाले ४ हजार ७६१ जना उम्मेदवार उठाएको छ । त्यस्तै स्वतन्त्रबाट १२ हजार २२० जनाले आफ्नो उम्मेदवारी दर्ता दर्ता गराएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology