Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

पोखरा महानगरमा ५ मेयरसहित ११९ ले लिए उम्मेदवारी फिर्ता

पोखरा महानगरमा ५ मेयरसहित ११९ ले लिए उम्मेदवारी फिर्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १७, २०७९ शनिवार • १२:३५:१५ बजे
  • 778
    SHARES
  • पोखरा महानगरमा ५ मेयरसहित ११९ ले लिए उम्मेदवारी फिर्ता

    पोखरा । पोखरा महानगरपालिकाका ५ जना मयेर र ३ जना उपमेयरका उमेदवारसहित ११९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । मयेरमा उमेदवारी फिर्ता लिनेमा तीन जना दलका उमेदवार छन् भने दुई जना स्वतन्त्र उमेदवार छन् ।

    images

    नेपाली कांग्रेसका बागी उमेदवारी दिएका नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले उमेदवारी फिर्ता लिएका छन् । राष्ट्रिय जनमोर्चाका तमबहादुर रोका, नेपालका लागि नेपाली पार्टीका रोशनी बानियाँ र राप्रपा नेपालका गोविन्द गुरुङले पनि उमेदवारी फिर्ता लिएका छन् ।

    त्यसैगरी, उपमेयरमा मंगोल नेसनल अर्गनाइजेसनका रामबहादुर तामाङ, राप्रपा नेपालका चिना दवाडी र नेकपा माओवादी समाजाबादीका इन्द्र सुनारले उमेदवारी फिर्ता लिएका मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखराले जनाएको छ ।

    मंगोल नेसनल अर्गनाइजेसन र नेकपा माओवादी समाजवादीका उम्मेदवारहरु भने दुवै पदमा पुरुष भएका कारण फिर्ता लिएका हुन् । पोखरा महानगरका वडाध्यक्षमा उम्मेदवारी दिएका ३० जनाले फिर्ता लिएका छन् ।

    त्यसमध्ये २१ जना पार्टीबाट वडा अध्यक्षमा उमेदवारी दिने छन् भने ९ जना स्वतन्त्र छन् । त्यसैगरी वडा सदस्यमा ८१ जना वडा सदस्यहरुले नाम फिर्ता लिएका छन् ।

    कतिपय उम्मेदवार आफैँले उमेदवारी फिर्ता लिएका छन् भने केहीलाई पार्टीले फिर्ता गराएको छ । पोखरा महानगरपालिकाको मयेर पदका लागि २३ जनाले प्रतिस्पर्धा गर्नेछन् भने उपमेयरका लागि ८ जनाले प्रतिस्पर्धा गर्नेछन् । अधिकांश उम्मेदवारको उम्मेदवारी पार्टीले फिर्ता लिएको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # पोखरा महानगर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology