Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमालेबाट उपाध्यक्ष पदकी उम्मेदवार काँग्रेस प्रवेश

एमालेबाट उपाध्यक्ष पदकी उम्मेदवार काँग्रेस प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १७, २०७९ शनिवार • १५:१७:१२ बजे
  • 712
    SHARES
  • एमालेबाट उपाध्यक्ष पदकी उम्मेदवार काँग्रेस प्रवेश

    सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका उपाध्यक्ष पदकी उम्मेदवार मञ्जु भण्डारी नेपाली काँग्रेसमा प्रवेश गरेकी छिन् ।

    images

    एमालेबाट पालिका उपाध्यक्ष पदकी उम्मेदवार रहेकी भण्डारी शनिबार काठमाडौँमा आयोजित एक समारोहको बीच काँग्रेस प्रवेश गरेकी हुन् । उनलाई काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टी प्रवेश गराएका थिए ।

    उनले एमाले परित्यागको घोषणासहित काँग्रेस प्रवेशका विषयमा शनिबार एक विज्ञप्ति पनि जारी गरेकी थिइन् । उनले सुनकोशी गाउँपालिकामा आगामी निर्वाचनका लागि एमालेले माओवादी केन्द्रसँग गठबन्धन गरेपछि उनले पार्टी छोडेकी थिइन् ।

    एमाले माओवादी केन्द्रको गठबन्धन पछि उनले पालिका उपाध्यक्ष पदबाट उम्मेदवारी फिर्ता गरेकी थिइन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology