Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

वडाध्यक्षमा निर्वाचित भए सरकारी सुविधा नलिने अभिनेता राज घिमिरेको घोषणा

वडाध्यक्षमा निर्वाचित भए सरकारी सुविधा नलिने अभिनेता राज घिमिरेको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १७, २०७९ शनिवार • १७:२२:२९ बजे
  • 685
    SHARES
  • वडाध्यक्षमा निर्वाचित भए सरकारी सुविधा नलिने अभिनेता राज घिमिरेको घोषणा

    देवकी थापा
    ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–३ मा वडाध्यक्षका उम्मेदवार बनेका अभिनेता राज घिमिरेले वडाध्यक्षमा निर्वाचित भएमा कुनै पनि सरकारी सुविधा नलिने बताएका छन् । उनले आफ्नो नाममा आएको तलब र अन्य सुविधा गरिब र जेहेन्दारको लागि खर्च गर्ने प्रतिबद्धता जनाएका हुन्।

    images


    सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफू वडाध्यक्ष बनेपछि गरिब र जेहेन्दारको पक्षमा काम गर्ने समेत बताएका छन्। ‘म विजयी भए पश्चात पाँच वर्षसम्म कुनै पनि सरकारी सवारी साधनको सुविधा लिने छैन,’ उनले फेसबुकमा लेखेका छन्, ‘कुनै पनि तलब भत्ता लिनेछैन, बरु त्यो रकम गरिब र जेहेन्दार विद्यार्थीको अध्ययनको लागि खर्च गर्नेछु ।’


    उनी नेकपा (माओवादी केन्द्र) बाट उक्त वडाका उम्मेदवार बनेका छन् । घिमिरे कलाकारिता क्षेत्र छाडेर पछिल्लो एक दशकदेखि सामाजिक कार्यमा लागेका छन् । उनले लुट, चपलि हाइटलगायत चलचित्र र थुप्रै म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology