Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

१२ वर्ष रुसमा शासन गर्ने कानुनी बाटो खुल्यो राष्ट्रपति पुटिनलाई

१२ वर्ष रुसमा शासन गर्ने कानुनी बाटो खुल्यो राष्ट्रपति पुटिनलाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ११, २०७७ बिहिवार • २०:२५:१५ बजे
  • 2.5K
    SHARES
  • १२ वर्ष रुसमा शासन गर्ने कानुनी बाटो खुल्यो राष्ट्रपति पुटिनलाई

    रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्याउनेगरी जनमत आएको छ । झण्डै एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक भएको नतिजा अनुसार राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउने भएका छन् । 

    images

    पुटिनलाई लामो समयसम्म शक्तिमा राख्नेगरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको हो । नयाँ मतादेशले संविधान संशोधनको प्रस्तावलाई अनुमोदन गरेकाले रुसको संविधानमा केही संशोधन भएको छ ।  संविधान संशोधनसम्वन्धी प्रस्ताव राष्ट्रपति पुटिनले गत जनवरीमा ल्याउनु भएको हो । त्यस प्रस्तावमा अहिले मात्रै मतदान भएको हो । 

    शुरुमा गत अप्रिल २२ मा मतदान गर्ने तय भएपनि कोरोनाभाइरसको सङ्क्रमण फैलिदै गएपछि गत जुलाई १ का लागि तय गरिएको थियो । तर त्यतिबेला पनि हुन नसकेपछि सरेर अहिले मतदान गरिएको जनाइएको हो । 

    मतदानका लागि एक हप्तासम्म मतदान केन्द्रहरु खुल्ला गरिएको थियो भने मतदान गर्ने बेलामा भिडभाड नहुने व्यवस्था गरिएको थियो ।मतदानबाट अनुमोदन भएको संविधानमा राष्ट्रपति पुटिनलाई थप दुई कार्यकाल शक्तिमै रहने व्यवस्था गरिएको छ । प्रत्येक कार्यकाल छ बर्षको हुने भएकाले उनले अर्को १२ बर्ष रुसमा शासन गर्ने कानूनी बाटो खुलेको छ । 

    राष्ट्रपति पुटिनको अहिलेको कार्यकाल आगामी सन् २०२४ मा सकिने थियो । तर संविधानको नयाँ व्यवस्थाले २०२४ देखि थप छ बर्षे दुई कार्यकाल थपेकाले उनको कार्यकाल अव सन् २०३६ सम्म सुनिश्चत भएको हो । अहिले ६७ बर्ष भएका पुटिनले रुसमा गत दुई दशकदेखि शासन गर्दै आएका छन्। उनी रुसी जनताका विचमा अति लोकप्रिय मानिन्छन् ।

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology