Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्वाधिन देश, स्वाभिमानी नेपाली 

स्वाधिन देश, स्वाभिमानी नेपाली 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०७७ मंगलवार • ०४:२६:३१ बजे
  • 4.5K
    SHARES
  • स्वाधिन देश, स्वाभिमानी नेपाली 
    साम्राज्य दुई हार्दा पनि नहारेको शान हाम्रो 

    सुन्दर शान्त बिशाल देशको उँचो मान हाम्रो।


    बहुजाती,बहुभाषिक-बहुसास्कृतिक देशमा 

    संसारमै उत्कृष्ट मानिएको संविधान हाम्रो।


    धार्मिक सहिष्णुता, जातिय सद्भावको देशमा

    राष्ट्रप्रेम र देशभक्तिको मिठास गुनगान हाम्रो।


    बिरताको गाथा नेपाली भाका गुन्जने देशमा

    अग्रगमनका लागि प्राणै दिने अभियान हाम्रो।


    बिदेशी हस्तक्षेप मान्य नहुने स्वाधिन देशमा 

    हजारौं अमर सहिदको सयौंको बथान हाम्रो।।


    रचनाकार - कलाधर कडेल 
    मङ्गला गाउँपालिका- ०४, बरङ्जा म्याग्दी ।

  • सम्बन्धित विषय:

  • # साहित्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology