Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

पहाडी गाउँपालिकाका दुई वडामा माओवादीका दुई दलित महिला सदस्यमा निर्विरोध

पहाडी गाउँपालिकाका दुई वडामा माओवादीका दुई दलित महिला सदस्यमा निर्विरोध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १७, २०७९ शनिवार • १८:२०:०९ बजे
  • 880
    SHARES
  • पहाडी गाउँपालिकाका दुई वडामा माओवादीका दुई दलित महिला सदस्यमा निर्विरोध

    उदयपुरको दुई पहाडी गाउँपालिकाका दुई वडामा दलित महिला वडा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

    images

    निर्विरोध निर्वाचित हुने वडा सदस्यमा जिल्लाको रौतामाई गाउँपालिका–१ मा नेकपा (एमाले)को तर्फबाट वडा सदस्यकी उम्मेदवार फूलमाया (दियाली) विक भएको निर्वाचन अधिकृत सुवासकुमार भट्टराईले जानकारी दिएका छन् ।

    यस्तै जिल्लाको लिम्चिङबुङ गाउँपालिका–१ मा पनि गठबन्धन दलको तर्फबाट वडा सदस्यका लागि उम्मेदवार उम्मेदवार देवकुमारी कामी निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत तुलाराज सुनुवारले बताए ।

    देवकुमारी गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)बाट सदस्यको उम्मेदवार बनी निर्विरोध निर्वाचित भएका हुन् ।

    त्यसैगरी, आसन्न निर्वाचनका लागि महोत्तरीको बर्दिबास नगरपालिकामा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवारी दर्ता गराएका एक दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

    बर्दिवास नपा–७ बाट दलित महिला सदस्यमा उम्मेदवारी दिएका कलिमाया निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बर्दिवासले जनाएको छ । बर्दिवास नपाको १४ वटै वडामध्ये उनी निर्विरोध निर्वाचित हुने पहिलो उम्मेदवार हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology