Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

म्याग्दीको बेनी नगरपालिका : उम्मेदवारी फिर्ता लिएर काँग्रेस र माओवादीको चुनावी तालमेल

म्याग्दीको बेनी नगरपालिका : उम्मेदवारी फिर्ता लिएर काँग्रेस र माओवादीको चुनावी तालमेल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १७, २०७९ शनिवार • १८:२३:५५ बजे
  • 667
    SHARES
  • म्याग्दीको बेनी नगरपालिका : उम्मेदवारी फिर्ता लिएर काँग्रेस र माओवादीको चुनावी तालमेल

    यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकामा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच शुक्रबार चुनावी तालमेल भएको छ ।

    images

    मनोनयन दर्तासम्म नगरपालिकाको प्रमुख र उपप्रमुखमा एक्लाएक्लै उम्मेदवारी दिएका ती दुबै दलबीच उम्मेदवारी फिर्ताको समयमा मात्रै चुनावी तालमेल गर्ने सहमति भएको हो ।

    पाँच दलीय गठबन्धनमा सहमति नभएपनि अन्तिम चरणमा काँग्रेस र माओवादीबीच प्रमुख र उपप्रमुखमा चुनाव तालमेलको सहमति भएको छ ।

    सहमति अनुसार, काँग्रेसका उम्मेदवार चिरञ्जीवि शर्मालाई समर्थन गर्दै माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार धनलाल जैसीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

    शुक्रवार मनोनयन फिर्ताको अन्तिम समयमा माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार जैसी र काँग्रेसका उपप्रमुखका उम्मेदवार अमृतदेबी बानियाँको मनोनयन फिर्ता गराइएको थियो ।

    त्यसैगरि माओवादी केन्द्रका तर्फबाट उपप्रमुखका उम्मेदवार ज्योति लामिछाने पौडेललाई समर्थन गर्दै काँग्रेसका तर्फबाट उपप्रमुखका उम्मेदवार अमृतदेवी बानियाँको उम्मेदवारी फिर्ता गराइएको छ ।

    बेनी नगरपालिकामा काँग्रेस र माओवादी केन्द्रले वडा नं २, ६, ७, ८ र ९ मा चुनावी तालमेल गरेका छन् । यसैबीच सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) म्याग्दीमा चुनावी गठबन्धनबाट अगल भएको छ ।

    काँग्रेस र माओवादी केन्द्रले चुनावी तालमेलमा बेवास्ता गरेको कारण गठबन्धनबाट अलग हुनुका साथै जिल्लाको सबै स्थानीय तहमा पार्टीबाट दिइएको उम्मेदवारी सबै फिर्ता गरिएको सो पार्टीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology