Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

श्रमिकका हक र अधिकार सुनिश्चित हुनुपर्नेमा प्रदेश प्रमुख शेरचनको जोड

श्रमिकका हक र अधिकार सुनिश्चित हुनुपर्नेमा प्रदेश प्रमुख शेरचनको जोड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १८, २०७९ आइतवार • ११:१४:५९ बजे
  • 571
    SHARES
  • श्रमिकका हक र अधिकार सुनिश्चित हुनुपर्नेमा प्रदेश प्रमुख शेरचनको  जोड

    लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले श्रमिकका हक र अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् ।

    images

    अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस दिवसले आफ्नो हक, हित, अधिकार र स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने अपेक्षा लिएको बताए ।

    उनले गणतन्त्र स्थापनामा श्रमिक वर्गले पु¥याएको योगदानको स्मरण गर्दै उच्च सम्मान व्यक्त गरेका छन् ।

    “नेपाली श्रमिक वर्गले आफैँले लडेर ल्याएको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित श्रमको अधिकारका साथै उचित पारिश्रमिक सुविधा सुनिश्चित गरेको छ । तर व्यावहारिक कार्यान्वयन नभइरहेको स्थितिमा श्रमिकलाई उच्च सम्मान गर्दै औपचारिक र अनौपचारिक सबैखाले श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बन्धित पक्षको ध्यान जानेछ भन्ने विश्वास लिएको छु”, उनले भनेका छन् ।

    नेपालको संविधानमा प्रत्याभूत गरिएका सामाजिक सुरक्षा कोषको स्थापना, ट्रेड युनियन खोल्न पाउने अधिकार, स्वास्थ्योपचार, दुर्घटना बीमाजस्ता आम श्रमिक मजदुरहरूको हितमा जारी कार्यक्रम यथाशक्य चाँडो कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।

    विद्यमान श्रम सम्बन्ध र शोषणका रूप आर्थिक, सांस्कृतिक क्षेत्रमा आज पनि सामन्तवादका अवशेषहरुद्वारा शोषण र उत्पीडन कायमै रहेको जनाउँदै उनले त्यसको उन्मूलन आजको आवश्यकता भएको उल्लेख गरेका छन् ।

    “यसका लागि राज्यबाट देशभित्रै अधिकतम स्वरोजगारीका अवसर सिर्जना गर्नु र श्रमिकमैत्री नियम, कानुन निर्माण गर्नु र कार्यान्वयन गर्नु आजको आवश्यकता हो भन्ने मैले ठानेको छु”, शुभकामना सन्देशमा भनिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology