Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

प्रतिगमनविरुद्ध नयाँ संकल्प लिन सच्चा कम्युनिष्टलाई प्रचण्डको आग्रह

प्रतिगमनविरुद्ध नयाँ संकल्प लिन सच्चा कम्युनिष्टलाई प्रचण्डको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १८, २०७९ आइतवार • ११:१७:४२ बजे
  • 673
    SHARES
  • प्रतिगमनविरुद्ध नयाँ संकल्प लिन सच्चा कम्युनिष्टलाई प्रचण्डको आग्रह

    नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय मजदुर दिवसलाई प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा लिन श्रमजीवि समुदाय र सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुलाई आग्रह गरेका छन् ।

    images

    अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै अध्यक्ष प्रचण्डले भनेका छन्, ‘आजको दिन प्रतिगमनविरुद्ध नयाँ संकल्प लिने दिनको रुपमा सबै श्रमजीवि जनसमुदाय, सच्चा कम्युनिष्ट क्रान्तिकारी, परिवर्तन र न्यायका पक्षधरहरुलाई विशेष आग्रह गर्दछु ।’

    संविधानको पूर्ण कार्यान्वयन गर्ने सिलसिलामा स्थानीय तह निर्वाचनको संघारमा रहेको उल्लेख गर्दै प्रचण्डले आगामी दिनमा श्रमजीवि वर्गले स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि नेतृत्वदायी भूमिका खेल्न सकोस् भनेर शुभकामना पनि दिएका छन् ।

    उनले संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न मजदुर एवम् श्रीमजीवि उत्पीडित समुदायको मुख्य कार्यभार भएको पनि उल्लेख गरेका छन् ।

    P1.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology