Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

‘डिजिटल’ प्रचार-प्रसारको प्रतिस्पर्धा

‘डिजिटल’ प्रचार-प्रसारको प्रतिस्पर्धा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १८, २०७९ आइतवार • १२:१०:२२ बजे
  • 742
    SHARES
  • ‘डिजिटल’ प्रचार-प्रसारको प्रतिस्पर्धा

    स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरूले ‘डिजिटल’ प्रचारप्रसारको माध्यमलाई तीव्रता दिएका छन् ।

    images

    फेसबुक, ट्वीटर, टिकटक, युटुब, भाइबर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालबाट उम्मेदवारहरू आफ्ना प्रतिबद्धता व्यक्त गर्दै मत मागिरहेका छन् ।

    निर्वाचनलाई आधार मानेर बनाइएका गीत पनि सामाजिक सञ्जालमा ‘अपलोड’ गरिरहेका छन् । यसका लागि उनीहरूले लाखौं रुपैयाँ खर्च गरिरहेका छन् ।

    राजनीतिक दलहरूले आफ्ना प्रतिबद्धता व्यक्त गर्दै आफ्ना उम्मेदवारलाई मतदान गर्न अपिलसमेत गरिरहेका छन् । अहिले सामाजिक सञ्जालभरि उम्मेदवारका प्रचारप्रसार तीव्र रूपमा भइरहेको छ ।

    पहिलापहिलाको निर्वाचनमा पोस्टर बनाएर गाउँघरको भितामा टाँस्ने गरिन्थ्यो । तर अहिले त्यो शैली हराएको छ । राजनीतिक दलहरूले आईटी तथा सामाजिक सञ्जाल चलाउन जान्नेलाई मोटो रकम तिरेर आफ्ना उम्मेदवारको प्रचारप्रसार गराइरहेका छन् ।

    मिडिया सेन्टर स्थापना गरेर उनीहरूले विभिन्न भाषा तथा शैलीमा प्रचारप्रसार गरिरहेका देखिन्छ । राजनीतिक विश्लेषक एवं प्राध्यापक कृष्ण पोखरेलले बदलिँदो समयअनुसार मतदातालाई रिझाउन राजनीतिक दलले समेत आफ्नो प्रचार शैली परिवर्तन गरेको बताए ।

    पहिलेकै शैलीमा प्रचारप्रसार गर्दा प्रभावकारी नहुने देखिएपछि उम्मेदवार मोटो रकम खर्च गरेर भए पनि डिजिटल शैलीमा प्रचारप्रसार गरिरहेको उनको भनाइ छ ।

    याे खबर राजधानी दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology