Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

म मेयर भइसके जस्तो लाग्छ:केशव स्थापित

म मेयर भइसके जस्तो लाग्छ:केशव स्थापित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १८, २०७९ आइतवार • १३:३३:०९ बजे
  • 514
    SHARES
  • म मेयर भइसके जस्तो लाग्छ:केशव स्थापित

    नेकपा एमालेबाट काठमाडौं महानगरमा मेयरको उम्मेदवार बनेका केशव स्थापितले आफू मेयर भइसकेको जस्तो अनुभूत भइरहेको बताएका छन् ।

    images

    नेकपा एमालेले अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै स्थापितले अनुभव, भिजन र जनआधारका आधारमा आफू मेयर भइसकेको जस्तो अनुभूत भइरहेको बताएका हुन् ।

    मेयरको रुपमा जनताको सेवा गर्न आतुर रहेको बताउँदै स्थापितले जनताको पक्षमा हस्ताक्षर गर्न गोजीमा तीव वटा कमल बोकेर हिँडेको समेत बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै स्थापितले भने– ‘अनुभव, भिजन र जनआधारका आधारमा म मेयर भइसके जस्तो लागिरहेको छ । जनताको पक्षमा हस्ताक्षर गर्ने हो ।

    मेरो गोजीमा तीन वटा कलम छ । झ्याप कि झ्याप सिग्नेचर गर्ने हो । मजदुरको पक्षमा काम गर्ने हो ।’ उम्मेदवार स्थापितले काठमाडौं महानगरलाई बनाउने भिजन आफूसँग मात्र रहेको दावी गर्दै आफ्ना प्रतिस्पर्धीहरु कमजोर रहेको समेत दावी गरेका छन् । उनले भने– ‘मेरा प्रतिस्पर्धीहरु कमजोरहरु छन् ।

    उनीहरुसँग भिजन छैन । भिजन नभएकाहरुले जित्ने कुरा हुँदैन । त्यसैले मेरो जित सुनिश्चित छ ।’ पछिल्लो समय एक कार्यक्रममा यौनसँग जोडिएको विषयमा एक महिलाले गरेको प्रश्नको उत्तर दिने क्रममा अभद्र शैलीमा प्रस्तुत भएका स्थापित आइतबार भने निक्कै सभ्य शैलीमा प्रस्तुत भएका थिए ।

  • सम्बन्धित विषय:

  • # केशव स्थापित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology