पाँच दलीय गठबन्धनको बैठकले समझदारी अनुरुप उम्मेदवारी फिर्ता नलिएको र फिर्ता लिने समय अपुग स्थानहरुमा समझदारी अनुरुप कार्य गर्ने तथा गराउन बिषयमा छलफल गरेकाे छ ।
आईतबार बसेको पाँच दलीय गठबन्धनको बैठकले आ-आफ्नो दलले आ–आफ्नो मातहतका निकायलाई निर्देशन गर्ने गठबन्धनको निर्णय कार्यान्वयन गर्नेबारे निर्णय भएको हो ।
‘गठबन्धनको मर्म र भावना अनुरुप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने, निर्णय पालना नगर्नेलाई आआफ्नो दलले कारवाही गर्ने निर्णय भएको छ,’ पत्रमा भनिएको छ ।
गठबन्धनको आन्तरिक तयारी र अनुगनमन गर्ने, समझदारी उम्मेदवारी फिर्ता नभएका र हुन नसकेका विषयमा निर्णय गर्न गठबन्धनको बैठक बसेको हो ।