Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

पोखराको मेयरका एमाले उम्मेदवार कृष्णबहादुर थापा भन्छन् : अब चुनाव लड्दिनँ

पोखराको मेयरका एमाले उम्मेदवार कृष्णबहादुर थापा भन्छन् : अब चुनाव लड्दिनँ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १८, २०७९ आइतवार • १४:४८:१० बजे
  • 550
    SHARES
  • पोखराको मेयरका एमाले उम्मेदवार कृष्णबहादुर थापा भन्छन् : अब चुनाव लड्दिनँ

    नेकपा एमालेबाट पोखरा महानगरपलिका प्रमुखका उम्मेदवार कृष्णबहादुर थापाले अर्को चुनाव नलड्ने घोषणा गरेका छन् ।

    images

    प्रदेश सांसदबाट राजीनामा दिएर मेयरको उम्मेदवार बनेका उनले पार्टीमा अर्को पुस्ता तयार भइसकेको र चुनावमा प्रतिस्पर्धा गर्न सजिलो नभएको भन्दै अर्को पटक उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।

    ‘पार्टीमा चुनाव लड्न महाभारत छ । स्वभाविक रुपमा अर्को पुस्ता पनि अब करिब करिब पार्टीले तयार पारिसकेको अवस्था छ,’ शनिबार पोखरा महानगरपालिकाको घोषणापत्र सार्वजनिक कार्यक्रममा थापाले भने, ‘म आज आदरणीय नेतालाई साक्षी राखेर अर्को पटक चुनाव नलड्ने घोषणा गर्दछु ।’

    उनले चुनाव नलड्ने घोषणा गर्दा मञ्चमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिव पद्‍मा अर्याल, स्थायी कमिटी सदस्य खगराज अधिकारी लगायत नेताहरु थिए ।

    थापा पोखराका पूर्वमेयरसमेत हुन् । उनी २०५४ सालमा तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयरमा नेतृत्व सम्हालेका थिए । थापा ०७४ को प्रदेशसभा सदस्य निर्वाचनमा कास्की क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

    बहालवाला प्रदेश सांसदले पोखराको मेयरको उम्मेदवारी नछाडेको भन्दै एमालेकै एक पंक्ति उनीसँग असन्तुष्ट छन् ।

    मेयर प्रत्याशी थापाले आफूहरुले पोखरामा ३५ हजार मतान्तरले जित्ने दाबी गर्दै निर्वाचित भए महानगगरबाट प्राप्त सेवा सुविधा नलिने र अंगदान दिने घोषणासमेत गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # अब चुनाव लड्दिनँ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology