Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमाले नेता रामजी साह नेकपा एकीकृत समाजवादीमा प्रवेश

एमाले नेता रामजी साह नेकपा एकीकृत समाजवादीमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १९, २०७९ सोमवार • ०९:०६:४० बजे
  • 664
    SHARES
  • एमाले नेता रामजी साह नेकपा एकीकृत समाजवादीमा प्रवेश

    नेकपा (एमाले) मधेश प्रदेश कमिटीका सदस्य रामजी साह पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।

    images

    रौतहटको गरुडामा आयोजित एक समारोहबाट साहसँगै अन्य कार्यकर्ताहरु पनि एमाले परित्याग गरेर समाजवादीमा प्रवेश गरेका हुन् ।

    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि माधवकुमार नेपालले टीका र माला लगाएर नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।

    वर्षौंदेखि एमालेको झोला बोक्दै आएपनि कुनै वास्ता नहुनु र हिजो अस्ति मात्र प्रवेश गरेकाहरूलाई नेतृत्व पंक्तिले काखी च्यापेको देखेर बाध्य भएर पार्टी छोडेको साहले बताए ।

    सो अवसरमा नेता नेपालका साथै पूर्व राजदूत डा.वंशीधर मिश्रलगायतको उपस्थिति थियो ।

    गृह जिल्ला रौतहटमा आइतवार पुगेका नेता नेपालले चन्द्रपुर, वृन्दावनलगायतका स्थानमा आयोजित निर्वाचन लक्षित सभालाई सम्बोधन गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology