Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

सत्ता गठबन्धनविरुद्ध बागी उठ्ने सन्तवीर कांग्रेसबाट निष्काशित

सत्ता गठबन्धनविरुद्ध बागी उठ्ने सन्तवीर कांग्रेसबाट निष्काशित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १९, २०७९ सोमवार • ०९:३७:५३ बजे
  • 370
    SHARES
  • सत्ता गठबन्धनविरुद्ध बागी उठ्ने सन्तवीर कांग्रेसबाट निष्काशित

    ऐंसेलुखर्क गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार बनेका सत्ता गठबन्धनविरुद्ध बागी उठेकालाई कांग्रेसले कारबाही गरेको छ ।

    images

    उक्त गठबन्धनका उम्मेदवार बनेका माओवादी केन्द्रका श्रीबहादुर राईविरुद्ध उम्मेदवारी दिएका सन्तवीर तामाङलाई कारबाही गरिएको हो ।

    ऐंसेलुखर्क गाउँपालिका कांग्रेस सभापति समेत रहेका तामाङलाई पाँच वर्षसम्मका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशीले बताए ।

    उनलाई विधानको दफा ३४ को उपदफा ४ ९क० बमोजिम कारबाही गरिएको जोशीले सुनाए । स्वतन्त्र उम्मेदवारीपछि तामाङलाई निर्वाचन कार्यालयले मुढा चुनाव चिन्ह दिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology