Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमाले र लोसपाको प्रचार, निर्वाचन आचारसंहिताको ठाडो उलंघन, के होला कार्वाही ? 

एमाले र लोसपाको प्रचार, निर्वाचन आचारसंहिताको ठाडो उलंघन, के होला कार्वाही ? 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १९, २०७९ सोमवार • १९:४३:१९ बजे
  • 424
    SHARES
  • एमाले र लोसपाको प्रचार, निर्वाचन आचारसंहिताको ठाडो उलंघन, के होला कार्वाही ? 

    बारा, १९ बैसाख । स्थानीय निर्वाचनको माहौलले सिङ्गै देश तातेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका उमेदवारहरु विभिन्न तरिकाले निर्वाचनको प्रचार प्रसारमा व्यस्त छन् । निर्वाचन आयोगले उमेदवार र दलहरुलार्य स्पष्ट रुपमा आचार संहिताको जानकारी गराउँदै पालना गर्न कडाइ निर्देशनसमेत दिइसकेको छ । साथै निर्वाचन आयोगलगायत विभिन्न संघ संस्थाहरुले पनि उम्मेदवार र दलहरुले आचार संहिता पालना गरे नगरेको स्वतन्त्र रुपले अनुगमन पनि गरिरहेका छन् । 

    images

    ACHAR SAHITA.jpg
    तर बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकामा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरुले निर्वाचन आचारसंहिताको खुलमखुल्ला धज्जी उडाउँदै प्रचार प्रसार गरिरहेका छन् । एमालेका मेयर उपमेयरसहितका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरित गाडी पूरै ढाक्ने गरी चुनाव चिन्ह र उम्मेदवारको फोटो अंकित फ्लेक्स व्यानर लगाएर निर्वाचन प्रचार प्रसार गरिरहेका छन् ।


    लोसपाका जितपुरसिमरा उपमहानगरका मेयरका उम्मेदवार सञ्जयकुमार साह र उपमेयरकी उम्मेदवार विपी मोक्तानले आफ्नो दलको चुनाव चिन्ह साइकलसहितको उम्मेदवारको फोटो भएको फ्लेक्स व्यानरले ना ५ च १७७२ नम्बरको गाडी ढाक्ने गरी प्रचार गरिरहेका देखिन्छन् । 


    त्यसैगरी एमालेका उमेदवारहरुले गाडी नै ढाक्ने गरी फ्लेक्स व्यानर प्रदर्शन गरी निर्वाचन प्रचार प्रसार गरिरहेका छन् । एमालेका तर्फबाट वडा नं. ७ का अध्यक्षका उमेदवार सुनिल गुप्ताले निर्वाचन आचारसंहिता उलंघन हुने गरी प्रचार गरेका हुन् । 
    निर्वाचन आचार संहिता २०७८ को परिच्छेद ४ को दफा १२ को उपदफा ड र ढ मा उम्मेदवारको वा दलको चुनाव चिन्ह वा झण्डाअंकित लोगो व्यानर, डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड टिसर्ट आदि प्रयोग गरेर प्रचार गर्न नपाउने स्पष्ट उल्लेख गरिएको छ । 

    A2.jpg
    त्यसैगरी दफा १३ मा उम्मेदवारले दुई पाङ्ग्रे, तीन पाङ्ग्रे सवारी साधन निर्वाचन आयोगको कार्यालयबाट अनुमति लिई मात्रै प्रयोग गर्न पाउने प्रावधान राखिएको छ । त्यसैगरी ती सवारी साधनको स्वरुप परिवर्तन गरेर  वा ढाक्ने गरी प्रचार सामग्री राख्न पाइने छैन भनेर उल्लेख गरिएको छ ।  यदि त्यसो गरेको पाइएमा सो कार्यलाई निर्वाचन आचारसंहिता उलंघन गरेको ठहर हुने र तत्काल त्यसलाई रोक्न लगाउने वा अटेरी गरेमा उम्मेदवारी रद्ध र जरिवाना हुने व्यवस्थासमेत उल्लेख गरिएको छ । 
        

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology