Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

माओवादी नेतृत्व, जसले फेर्यो पञ्चकन्या गाउँपालिकाको मुहार

माओवादी नेतृत्व, जसले फेर्यो पञ्चकन्या गाउँपालिकाको मुहार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १९, २०७९ सोमवार • १९:४८:२४ बजे
  • 1.3K
    SHARES
  • माओवादी नेतृत्व, जसले फेर्यो पञ्चकन्या गाउँपालिकाको मुहार

    नुवाकोटको पञ्चकन्या गाउँपालिका नेपाली कांग्रेसका प्रभावशाली नेता डा.रामशरण महत, डा.प्रकाशशरण महत र माओवादी नेता हितबहादुर तामाङको गाउँ समेत हो । देशभर चुनावी सरगर्मी बढेको बेला पञ्चकन्या पनि अछुतो रहन सक्दैन । अहिले विशेष गरी धेरैको चासो पञ्चकन्यामा कसले जित्छ भन्नेतर्फ ध्यान केन्द्रित छ । 

    images


    यस गाउँपालिकामा अध्यक्षका उम्मेदवार माओवादीबाट रहेका तेजबहादुर तामाङ (रमेश) पहिले पनि माओवादीबाट नै विजयी भएका थिए । तत्कालीन कांग्रेस उम्मेद्वार उनीसँग पराजित भएका थिए । धेरै नेता भएर पनि विकट यो पालिका माओवादी नेतृत्वमा पुगेपछि मुहार नै गरिएको छ ।

    माओवादीले विकट रहेको यो पालिकालाई अहिले समृद्ध बनाउने काम गरिरहेको छ । अघिल्लो निर्वाचनमा गरेका बाचाहरु धेरै पूरा गरेको भए पनि अझै केही कामहरु सम्पन्न गर्न बाँकी नै छ । अघिल्लो कार्यकालमा गाउँपालिकाको विकासका निम्ति माओवादी नेतृत्वले जग हालेको भए पनि त्यसलाई पूरा गर्न अझै बाँकी नै छ ।


    सडकमा क्रान्तिकारी परिवर्तन


    माओवादीले पञ्चकन्यामा जितेपछि सडक सञ्जालमा व्यापक परिवर्तन भएको छ । पहिले हिउँदमा समेत सवारी चल्न नसक्ने सडकमा अहिले बाह्रै महिना सवारी निर्बाध रुपमा चल्ने गरेका छन् । नयाँ सडक सञ्जाल सबै पालिकाले नै बनाएको हो भने बर्षौदेखि कच्ची सडक अहिले कालोपत्रे हुने क्रममा छन् । 

    हट्दैछ पानीको हाहाकार 


    पञ्चकन्या ग्रामीण इलाका भए पनि यहाँ पानीको ठूलो समस्या रहेको थियो । पालिकाले पहिलो प्राथमिकतामा खानेपानीलाई राख्दै भूमिगत खानेपानीबाट २ वटा बोरिङबाट करिव ३०० घरधुरीलाई खानेपानी उपलब्ध गराएको छ भने एक घर एक धारा नीतिअन्तर्गत १६ सय ४१ धारा निर्माण भएको छ ।


    ९८ भवन निर्माण 


    यस पालिकाले पाँच बर्षमा विद्यालय, स्वास्थ्य चौकी, कार्यालय, क्लिनिकलगायतका ९८ भवन निर्माण भएको छ । मठ मन्दिर गुम्बासमेत निर्माण गरिएको छ । १० बेडको अस्पताल निर्माण गरिएको छ भने हालै पालिकामा नै बैंक स्थापना गरिएको छ । त्यस्तै, गाउँपालिकाको आफ्नै भवन पनि आकर्षक डिजाइनमा निर्माण भइरहेको छ ।

    पर्यटकीय पार्क निर्माण


    पन्चकन्या गाउँपालिकाले नुवाकोटकै सबैभन्दा आकर्षक र मनोरम पार्क निर्माण गरिरहेको छ । करिब एक हजार रोपनीमा तीन बर्ष भित्रमा यो पार्क सम्पन्न हुनेछ भने करिब ५० करोड लगानी लाग्ने अनुमान गरिएको छ । यो पार्कमा सहिदको प्रतिमासहित पिकनिक स्पट, बच्चाहरुको लागि खेल्ने स्पट, वरिपरि फलफूल उपलब्ध हुनेछन् । यस पार्क बनाउन विभिन्न निकायबाट सहयोग भइरहेको छ ।          

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology