Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भोलिदेखि नै विद्युत आपूर्ति सहज हुन्छ :ऊर्जा मन्त्री

भोलिदेखि नै विद्युत आपूर्ति सहज हुन्छ :ऊर्जा मन्त्री

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १९, २०७९ सोमवार • २०:१५:३४ बजे
  • 601
    SHARES
  • भोलिदेखि नै विद्युत आपूर्ति सहज हुन्छ :ऊर्जा मन्त्री

    काठमाडौँ,  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही ठूला उद्योगहरूमा विद्युत आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यावसायीसँग छलफल गर्नुभएको छ । मन्त्रालयमा आज भएको छलफलमा केही उद्योगमा विद्युत आपूर्तिमा गडबढी हुनुका कारणबारे नेपाल विद्युत् प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग छलफल गर्नुभएको हो ।

    images


    सो अवसरमा मन्त्री भुसालले विद्युत आपूर्तिमा देखिएको समस्या क्षणिक भएको उल्लेख गर्दै भोलिदेखि नै आपूर्ति सहज हुने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “विद्युत आपूर्तिमा देखिएको समस्या हाम्रो कारणबाट उत्पन्न भएको होइन, विश्वव्यापी समस्या हो । नेपालको सन्दर्भमा यसलाई सल्टाउन सरकार प्रतिबद्ध भएर लागेको छ, चाँडै समाधान हुन्छ ।”


    विगतमा ऊर्जा सुरक्षाका लागि ठूला जलाशययुक्त आयोजना नबन्दा सुख्खा समयमा समस्या देखिने गरेको स्पष्ट पार्दै मन्त्री भुसालले केही दिनका लागि देखिएको समस्यालाई राजनीतिकरण नगर्नसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “ऊर्जाकै कारण हामीले समस्या भोग्नु पर्दैन, विगतमा ऊर्जा सुरक्षालाई ध्यान नदिँदा क्षणिक समस्या आएको हो, आगामी दिनमा यस्ता समस्या सल्टिँदै जानेछन् ।”


    त्यसैगरी मन्त्रालयका सचिव देवेन्द्र कार्कीले हाम्रो ऊर्जा प्रणालीमा देखिएको क्षणिक समस्या केही दिनमै हल हुने बताउँदै हात्तिनुपर्ने अवस्था नहरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो समस्या क्षणिक हो, राज्यले यसलाई सम्बोधन गर्छ ।” त्यसैगरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समयमा विद्युत आपूर्तिमा देखिएको समस्या सामान्य भएको भन्दै उद्योगी व्यावसायीलाई नआत्तिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको समस्या दुईचार दिनको हो, आत्तिनु पदैन, छिट्टै समाधान हुन्छ ।”


    छलफलका क्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले विद्युत् आपूर्तिमा देखिएको समस्याबारे जानकारी गराउनुभएको थियो । उहाँले भन्नुभयो, “विद्युत आपूर्तिमा समस्या देखिएको छ, यसलाई सरकारले समाधान गर्नुप¥यो ।” त्यसैगरी महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले विद्युत आपूर्ति सहज तुल्याउन सरकार र निजी क्षेत्रसँगसँगै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी दिनमा विद्युतको गुणस्तरीयता सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

     

  • सम्बन्धित विषय:

  • # ऊर्जा मन्त्री
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology