Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीको मंगलागाउँपालिकामा एमालेको प्रचार, निर्वाचन आचारसंहिताको ठाडो उलंघन, के कार्वाही होला ? अडियो सहित

म्याग्दीको मंगलागाउँपालिकामा एमालेको प्रचार, निर्वाचन आचारसंहिताको ठाडो उलंघन, के कार्वाही होला ? अडियो सहित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १९, २०७९ सोमवार • २२:४९:२८ बजे
  • 2.4K
    SHARES
  • म्याग्दीको मंगलागाउँपालिकामा एमालेको प्रचार, निर्वाचन आचारसंहिताको ठाडो उलंघन, के कार्वाही होला ? अडियो सहित

    म्याग्दी / स्थानीय निर्वाचनको माहौलले सिङ्गै देश तातेको छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका उमेदवारहरु विभिन्न तरिकाले निर्वाचनको प्रचार प्रसारमा व्यस्त छन् ।

    images

    निर्वाचन आयोगले उमेदवार र दलहरुलार्य स्पष्ट रुपमा आचार संहिताको जानकारी गराउँदै पालना गर्न कडाइ निर्देशनसमेत दिइसकेको छ ।

    साथै निर्वाचन आयोगलगायत विभिन्न संघ संस्थाहरुले पनि उम्मेदवार र दलहरुले आचार संहिता पालना गरे नगरेको स्वतन्त्र रुपले अनुगमन पनि गरिरहेका छन् ।  तर म्याग्दी  जिल्लाको मंगलागाउँपालिका वडा नम्बर ३ मा  एमाले पार्टीका उम्मेदवारहरुले वडा नम्बर ३ को पिउनलाई सूचना जारी गर्न लगाएर गाउँलेलाई जम्मा गरेर सभा गर्दै निर्वाचन आचारसंहिताको खुलमखुल्ला धज्जी उडाउँदै प्रचार प्रसार गरिरहेका छन् ।

    एमालेका मंगलागाउपालिका अध्यक्ष र वडा अध्यक्षका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरित गाउँका जनतालाई भ्रममा पार्दै निर्वाचन प्रचार प्रसार गरिरहेका छन् । जनतालाई उपस्थिति हुन जारी गरेको सूचनामा हामिलाई प्राप्त अडियोमा स्पष्ट संग सुन्न सकिन्छ ।

    अडियो सुन्नु होस...............

    https://fb.watch/cLOuoVUjTE/

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology