Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रुसले मरिपोल स्टिल उद्योगमा फेरि आक्रमण गर्यो : युक्रेन

रुसले मरिपोल स्टिल उद्योगमा फेरि आक्रमण गर्यो : युक्रेन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २०, २०७९ मंगलवार • १०:२७:०८ बजे
  • 826
    SHARES
  • रुसले मरिपोल स्टिल उद्योगमा फेरि आक्रमण गर्यो : युक्रेन

    एजेन्सी । नागरिकको उद्धार नसकिँदै मरिपोलको स्टिल उद्योगमा रुसले फेरि आक्रमण गरेको युक्रेनले दाबी गरेको छ ।

    images

    स्टिल उद्योगमा फँसेका सयौँ नागरिकको उद्धार कार्य बाँकी रहँदा रुसले आक्रमण गरेको युक्रेनले आरोप लगाएको हो । स्टिल उद्योगमुनि रहेको बंकरमा अझै कैयौँ बालबालिका र नागरिक फँसेका युक्रेनी सुरक्षाकर्मीले जनाएका छन् ।

    त्यहाँ फँसेका नागरिकलाई अन्यत्र लैजाने प्रयास भइरहेको बताइएको छ । सो उद्योगमा आश्रय लिएर बसेका नागरिकको उद्धार कार्य आइतवारदेखि सुरु गरिएको थियो ।

    केहीको उद्धार भएको बीबीसीमा उल्लेख छ । स्टिल उद्योगबाट उद्धार गरिएको पहिलो समूह जापोरिझिया सहरमा पुग्दैछ ।

    संयुक्त राष्ट्र संघ (यूएन) र अन्तर्राष्ट्रिय रेडक्रसले फँसेका नागरिकलाई उद्धार गरेर अन्यत्र लैजान सहयोग गरिरहेका छन् । जापोरिझिया सहर मरिपोलबाट एक सय ४० माइल उत्तर–पश्चिममा पर्दछ ।

  • सम्बन्धित विषय:

  • # उद्योगमा फेरि आक्रमण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology