Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

सुनिता डंगोलविरुद्ध शैक्षिक प्रमाणपत्र ढाँटेर काठमाडौं महानगरपालिकामा नियुक्ति लिएको भन्दै अख्तियारमा उजूरी

सुनिता डंगोलविरुद्ध शैक्षिक प्रमाणपत्र ढाँटेर काठमाडौं महानगरपालिकामा नियुक्ति लिएको भन्दै अख्तियारमा उजूरी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २०, २०७९ मंगलवार • १०:२९:४३ बजे
  • 712
    SHARES
  • सुनिता डंगोलविरुद्ध शैक्षिक प्रमाणपत्र ढाँटेर काठमाडौं महानगरपालिकामा नियुक्ति लिएको भन्दै अख्तियारमा उजूरी

    काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शैक्षिक प्रमाणपत्र ढाँटेर विज्ञ सल्लाहकारको नियुक्ति लिएको भन्दै उजूरी दर्ता भएको छ ।

    images

    उजूरीमा डंगोलले स्नातकोत्तर योग्यता प्राप्त गरेको भनी ढाँटी ५ वर्ष काठमाडौं महानगरको शहरी विकास परियोजनाको सल्लाहकार नियुक्ति लिई तलब सुविधा लिएको आरोप छ ।

    काठमाडौं महानगरपालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुनुपर्ने र स्नातकोत्तर अध्ययन गरेको हुनुपर्नेमा समाजशास्त्र विषयमा स्नातक गरेको व्यक्तिलाई नियुक्ति दिइएको भन्दै गैरकानूनी आर्थिक लाभ लिएको आरोप छ ।

    उजूरी १६ वैशाखमा दर्ता गरिएको छ । उजूरीमा डंगोलको नियुक्तिको सम्पूर्ण फाइल काठमाडौं महानगरबाट झिकाई भ्रष्टाचार निवारण ऐन अनुसार कसूर सजाय गराई प्राप्त गरेको रकम तथा जरिवाना समेत असुल उपर गराउन माग गरिएको छ ।

    अख्तियारमा उक्त उजूरीको दर्ता नम्बर सी-०३२५३१, ०७९-०१-१६, १५२६२३८५ छ ।

    d1.png

    d2.gif

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology