Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एक किलो सुनसहित एक जना पक्राउ

एक किलो सुनसहित एक जना पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २०, २०७९ मंगलवार • १३:१८:२५ बजे
  • 580
    SHARES
  • एक किलो सुनसहित एक जना पक्राउ

    बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका वडा नं. २ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङ जयपृथ्वी नगपारपालिका–१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

    इलाका प्रहरी कार्यालय धनौली र प्रहरी चौकी राधापुराबट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पदरूपमा हिँडिरहको अवस्थामा सिंहलाई नियन्त्रणमा लिएको थियो ।

    प्रहरीलाई देख्नेबित्तिकै भाग्न खोज्दा प्रहरीले पिछा गरेर उनलाई पक्राउ गरेको थियो । सिंहले बोकेको कालो रङको झोलाभित्र खानतलासी गर्दा सुनबाट निर्मित विभिन्न गहना बरामद गरेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार हार, मंगलसूत्र, बाला, दाना, झुम्की, रामलीला, झाला, ब्रासलेट, कानपासा, औंठी, टप, फुली, टुक्राहरू पत्थर र मालासहित विभिन्न प्रकारका गहना तौल गर्दा ८०२ ग्राम ७३ मिलीग्रामका सुनका गहना बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको गहनाको अन्दाजी मूल्य रु.६२ लाख बराबरको रहेको छ ।

  • सम्बन्धित विषय:

  • # सुनसहित एक जना पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology