Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश

भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २०, २०७९ मंगलवार • १३:५३:३६ बजे
  • 1.3K
    SHARES
  • भुवन केसी र श्वेता खड्का काँग्रेसमा प्रवेश

    अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

    images

    मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमान केसी र खड्का काँग्रेसमा प्रवेश गरेका हुन् ।

    कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि काँग्रेस प्रवेश गरेका छन् । उनीहरुलाई बालुवाटारमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।

    अभिनेता केसी यसअघि एमालेमा रहेका थिए । पार्टीमा प्रवेश गराउँदै देउवाले कलाकार देशको गहना भएकाले पार्टीले उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिएका छन् ।

    दीपकराज गिरीको व्यङ्ग्य


    नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) बढुवाप्रति अहिले सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् ।

    दुईजना सिनियर अतिरिक्त महानिरीक्षक (एआइजी)लाई पन्छ्याएर जुनियर एआइजी धिरजप्रताप सिंहलाई आइजीपी बनाइएकोप्रति विभिन्न दलका नेता/कार्यकर्तादेखि सर्वसाधारणले विरोध जनाइरहेका छन् ।

    प्रहरीको आइजीपी बढुवा प्रकरणमा अभिनेता तथा निर्माता दीपकराज गिरीले पनि व्यङ्ग्य गरेका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले तेस्रो व्यक्तिलाई आइजीपी बनाएको भन्दै व्यङ्ग्य गरेका छन् ।

    गिरीले सामाजिक सञ्जालमा लेखेका छन्,“धन्न शेरबहादुर प्रधानमन्त्री भएछन् । प्रधानाध्यापक भएका भए सधैँ थर्ड ब्वाइलाई फर्स्ट ब्वाइ बनाइदिने रहेछन् ।”

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology