Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार मीना विश्वकर्मा

म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार मीना विश्वकर्मा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २०, २०७९ मंगलवार • १४:०७:१७ बजे
  • 1.2K
    SHARES
  • म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार मीना विश्वकर्मा

    यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार छिन् । नेकपा (माओवादी केन्द्र) ले मीना विश्वकर्मालाई रघुगङ्गा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएको हो ।

    images

    रघुगङ्गा–६ की २८ वर्षीय मीना दुधे बच्चा बोकेर चुनावी मैदानमा होमिएकी छन् । नेकपा (माओवादी केन्द्र) को रघुगङ्गा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले स्थानीय तहको प्रमुख पदमा उम्मेदवार बन्ने विश्वकर्मा धौलागिरि क्षेत्रकै एक मात्र दलित महिला भएको जानकारी दिइन् ।

    “म के गाउँपालिकाको अध्यक्ष बन्न सक्दिन र ?’,’ मीनाले हरेकजसो सभा र भेलामा भन्छिन्, “यो हाम्रो समुदायको लागि अवसरसँगै चुनौति पनि हो । हामी कति दिन अरुको भोट बैंक बन्ने ।

    नेतृत्व गर्ने अवसर पाए गरेर पनि देखाउँछु ।” गाउँपालिका अध्यक्ष जितेमा आफ्नो समुदायको उत्थानको साथै अन्य समुदायका गरिब विपन्नको समस्याप्रति ध्यान दिने उनको भनाइ छ ।

    मीनाको आत्मविश्वास र साहसबाट प्रभावित भएको माओवादीका गण्डकी प्रदेश सदस्य रहेका प्रदेशसभा सदस्य विनोद केसीले बताए ।

    MI1.jpg

    उत्पीडनको आवाज बोकेर चुनावी मैदानमा उत्रिएकी उनको प्रतिस्पर्धीको रुपमा एमालेका प्रेमबहादुर कार्की र नेपाली काँग्रेसका भवबहादुर भण्डारी छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology