Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चीनमा रूसको ग्यास आपूर्ति ६० प्रतिशतले वृद्धि

चीनमा रूसको ग्यास आपूर्ति ६० प्रतिशतले वृद्धि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २१, २०७९ बुधवार • १०:१२:०५ बजे
  • 868
    SHARES
  • चीनमा रूसको ग्यास आपूर्ति ६० प्रतिशतले वृद्धि

    किभ । युक्रेनमा जारी युद्धबीच गत वर्षको तुलनामा सन् २०२२ को पहिलो चार महिनामा चीनमा रूसको ग्यास आपूर्ति ६० प्रतिशतले बढेको छ ।

    images

    रुसी उर्जा कम्पनी ग्याजप्रोमले आइतबार निर्यातमा उल्लेखनीय वृद्धि भएको घोषणा गरेको थियो । युक्रेन–रुस जारी युद्ध र पश्चिमा देशहरुरूले रुसमाथि लगाएको प्रतिबन्धबीच युरोपमा ऊर्जा निर्यात अनिश्चित बनेको छ ।

    बेइजिङले युक्रेनमा रुसी आक्रमणको पूर्ण निन्दा गरेको छैन । जारी संकट कूटनीतिक माध्यमबाट समाधान गर्न उसले जोड दिँदै आएको छ ।

    रुस र पश्चिमबीचको ऊर्जा गतिरोधले पूर्वसोभियत संघ बाहिरका देशहरूलाई ग्यास आपूर्तिमा यस वर्षको सुरुदेखि २६ दशमलब ९ प्रतिशतले गिरावट आएको प्रतिवेदनमा उल्लेख छ । पछिल्लो चार महिनामा कुल ५०.१ अर्ब घनमिटर ढुवानी भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology