Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमालेका उम्मेदवार विरुद्ध पक्राउ पूर्जी

एमालेका उम्मेदवार विरुद्ध पक्राउ पूर्जी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २१, २०७९ बुधवार • १०:१३:५३ बजे
  • 541
    SHARES
  • एमालेका उम्मेदवार विरुद्ध पक्राउ पूर्जी

    नेकपा (एमाले) बाट ओखलढुंगाको लिखु गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका मिलनकुमार विष्ट (मनिष) विरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

    images

    उनीविरुद्ध भक्तपुर जिल्ला अदालतले बैंकिङ कसुर तथा दोहोरो नागरिकता लिएको कसुरमा खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पक्राउ पूर्जी पठाएको डिएसपी सुकदेव खनालले जानकारी दिए ।

    लिखु गाउँपालिका–९ (साविकको पोकली गाविस) घर भएका उनीविरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भए पनि फरार रहँदै आएका थिए ।

    उनी स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेपछि कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका अशोक कार्कीले निर्वाचन अधिकृतको कार्यालयमा विष्टविरुद्ध उजुरी दर्ता गराएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology