Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेलायतले युक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने

बेलायतले युक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २१, २०७९ बुधवार • १०:१५:१० बजे
  • 622
    SHARES
  • बेलायतले युक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने

    एजेन्सी । बेलायतले युक्रेनलाई तीन अर्ब ७६ करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

    images

    बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको संसद्लाई सम्बोधन गर्दै सहयोगको घोषणा गरेका हुन् । रुसले निरन्तर आक्रमण गरेपछि सहयोगको अपील गरिरहेको युक्रेनलाई बेलायतले यसअघि नै सहयोग गर्ने आश्वासन दिएको थियो ।

    एएफपीका अनुसार बेलायतले अहिले घोषणा गरेको सहयोग सैन्य सहयोग हो । बेलायती प्रधानमन्त्री जोनसनले युक्रेनको संसद्लाई अनलाइन माध्यमबाट झण्डै एक घण्टा सम्बोधन गरेका थिए ।

    युक्रेनको भेर्खोभना राडामा रुसले आक्रमण गरेपछि यो पहिलो विदेशी नेताको सम्बोधन हो । युक्रेनमाथि रुसले आक्रमण गर्दा बेलायतले सुरुमै विरोध गरी युक्रेनको पक्षमा उभिएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology