Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नेपाल वायुसेवा निगमको आम्दानी: ८ महिनामा ५ अर्ब ७० करोड,एक अर्ब २७ करोड बचत

नेपाल वायुसेवा निगमको आम्दानी: ८ महिनामा ५ अर्ब ७० करोड,एक अर्ब २७ करोड बचत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २१, २०७९ बुधवार • १०:१६:५९ बजे
  • 1.2K
    SHARES
  • नेपाल वायुसेवा निगमको आम्दानी: ८ महिनामा ५ अर्ब ७० करोड,एक अर्ब २७ करोड बचत

    नेपाल वायुसेवा निगमले चालू आर्थिक वर्षको प्रथम आठ महिनामा आठ अर्ब ३९ करोड रुपियाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४७ प्रतिशतले वृद्धि हो ।

    images

    अघिल्लो आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा निगमले पाँच अर्ब ७० करोड रुपियाँ आम्दानी गरेको थियो । आम्दानी बढेसँगै निगमले ओभर ड्राफ्टबाट लिएको पूरै रकम भुक्तानी गरी एक अर्ब ३३ करोड ९९ लाख ७६ हजार ६६७ रुपियाँ नगद मौज्दात कायम गरेको छ ।

    यस अवधिमा एक अर्ब २७ करोड दुई लाख ५१ हजार ६३७ रुपियाँ बचत गरेकोसमेत निगमले जनाएको छ ।ओभर ड्राफ्ट रकम भुक्तानीपछि पाँच महिनाको अवधिमा निगमले यसको ब्याज भुक्तानी गर्ने दायित्वबापतको रकमसमेत बचत गरेको जनाएको छ ।

    पछिल्लो प्रगति विवरणअनुसार निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा सहुलियत प्राप्त कर्जामा चिनियाँ जहाज खरिद गर्दाको साँवा ब्याज भुक्तानीको कुल दायित्व ४७ अर्ब ४४ करोड रुपियाँ पुगेको जनाएको छ ।

    पछिल्लो समय जहाजको उपयोगिता, सिट अकुपेन्सी र गन्तव्य विस्तारमा जोड दिएको जनाउँदै निगमले उडान सङ्ख्या विस्तार र नयाँ गन्तव्यमा समेत जोड दिएको जनाएको छ ।

    हाल अन्तर्राष्ट्रिय उडानमा रहेका ए ३२० सेरिजका दुईवटा न्यारोबडी र ए ३३० सेरिजका दुईवटा वाइडबडी जहाजको औसत सिट अकुपेन्सी हाल ९० प्रतिशतको हाराहारीमा पुगेको निगमको दाबी छ ।

    गत वर्षको कात्तिकसम्म ए ३२० जहाजले दैनिक सात घण्टा ३८ मिनेट उडान गरेकोमा पछिल्लो समयमा नौ घण्टा ४८ मिनेट उडान गर्दै आएको छ ।

    त्यस्तै ए ३३० जहाजको उडान समय प्रतिदिन छ घण्टा ३६ मिनेटबाट १० घण्टा ४१ मिनेट पुगेको समेत निगमले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology