Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

चुनावी सभालाई सम्बोधन गर्न आज विराटनगर जाँदै प्रधानमन्त्री देउवा

चुनावी सभालाई सम्बोधन गर्न आज विराटनगर जाँदै प्रधानमन्त्री देउवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २१, २०७९ बुधवार • १०:२४:२० बजे
  • 538
    SHARES
  • चुनावी सभालाई सम्बोधन गर्न आज विराटनगर जाँदै प्रधानमन्त्री देउवा

    प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चुनावी सभालाई सम्बोधन गर्न आज मोरङको विराटनगर जाँदैछन् ।

    images

    विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् । चुनावी सभालाई प्रधानमन्त्री देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री विश्वप्रकाश शर्मालगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

    कांग्रेसले साताव्यापी चुनावी आमसभा आजबाट सुरु गर्न लागेको हो । कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दै छ ।

    चुनावी सभालाई सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा, प्रवक्ता डा.प्रकाशशरण महत लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।

    कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार कहाँकहाँ हुँदैछ सभा ?

    वैशाख २२ गते– चितवनको भरतपुरमा

    वैशाख २३ गते– काठमाडौँमा

    वैशाख २४ गते– रुपन्देहीको बुटवलमा

    वैशाख २४ गते– तनहुँको दमौली र धनुषाको जनकपुरमा

    वैशाख २५ गते– कास्कीको पोखरा र दाङको तुलसीपुरमा

    वैशाख २६ गते– कैलालको धनगढीमा

    वैशाख २७ गते– डडेल्धुरामा

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology