Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गठबन्धन र पार्टीको उम्मेदवार नभएको तहमा एमालेविरुद्ध मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

गठबन्धन र पार्टीको उम्मेदवार नभएको तहमा एमालेविरुद्ध मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २१, २०७९ बुधवार • १२:०९:१७ बजे
  • 751
    SHARES
  • गठबन्धन र पार्टीको उम्मेदवार नभएको तहमा एमालेविरुद्ध मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

    नेकपा एकीकृत समाजवादीले चुनावी गठबन्धन नभएको र आफ्नो पार्टीको उम्मेदवार नभएको स्थानीय तहमा एमालेविरुद्ध मतदान गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।

    images

    मंगलबार साँझ बसेको सचिवालय बैठक अध्यक्ष माधवकुमा नेपालले यस्तो निर्देशन दिएका हुन् । बैठकपछि महासचिव डा. बेदुराम भुसालद्वारा जारी विज्ञप्तिमा एकीकृत समाजवादीसँग गठबन्धन नभएका तथा आफ्ना उम्मेदवार पनि नभएका पालिकामा ‘प्रतिगामी शक्तिका विरुद्ध मतदान गर्ने’ निर्णय भएको उल्लेख छ ।

    एकीकृत समाजवादीले एमालेको नाम नलिइ गठबन्धनमा आफूहरु नभएका ठाउँमा प्रतिगागी एवं दक्षिणपन्थीविरुद्ध मतदान गर्न निर्देशन दिएको हो ।

    बैठकले गठबन्धन दलबीच सहमति कायम गर्न अझैपनि अन्तिमसम्म प्रयत्न गर्ने बैठकले निर्णय गरेको छ । महानगरपालिका तथा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय भएको विज्ञप्तिमा जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology