Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

विप्लव पार्टीबाट निष्कासित, प्रकाण्ड प्रवक्ताको जिम्मेवारीबाट मुक्त

विप्लव पार्टीबाट निष्कासित, प्रकाण्ड प्रवक्ताको जिम्मेवारीबाट मुक्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २१, २०७९ बुधवार • १३:३३:४६ बजे
  • 5.6K
    SHARES
  • विप्लव पार्टीबाट निष्कासित, प्रकाण्ड प्रवक्ताको जिम्मेवारीबाट मुक्त

    नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कारबाही गरेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले उल्टै विप्लवलाई कारबाही गर्दै महासचिवबाट हटाएको छ ।

    images

    बुधबारदेखि चितवनमा बसेको ओली र बास्तोला पक्षको भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई हटाउने निर्णय गरेको हो ।


    भेलाले विप्लव र प्रकाण्डलाई हटाउने निर्णय गरेको सो पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए । उनका अनुसार पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विप्लवलाई महासचिवबाट हटाएर संयोजकमा बस्तोलालाई जिम्मेवारी दिइएको छ ।

     

    उनले पार्टीको बहुमत केन्द्रीय समिति बैठकले गरेको निर्णय विप्लवहरुले उल्टाएको र पार्टीको विधि विधानविपरित स्थानीय चुनावमा गएको र उल्टै आफूहरुलाई कारबाही गरेपछि विप्लवलाई महासचिवबाट हटाएर पार्टी संयोजक धर्मेन्द्रलाई बनाएको बताए ।

    ४० भन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएको दाबी गरिएको भेला बिहीबारसम्म चल्ने उनले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology