Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

श्रीमान एमाले र श्रीमती कांग्रेसबाट वडा सदस्यमा भीडन्त

श्रीमान एमाले र श्रीमती कांग्रेसबाट वडा सदस्यमा भीडन्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २१, २०७९ बुधवार • १५:१७:२९ बजे
  • 1.2K
    SHARES
  • श्रीमान एमाले र श्रीमती कांग्रेसबाट वडा सदस्यमा भीडन्त

    कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा श्रीमान/श्रीमती नै चुनावी भीडन्त हुने भएको छ ।

    images

    दोधारा–चाँदनी नगरपालिका–७ मा श्रीमती नेपाली कांग्रेस र श्रीमान एमालेबाट वडासदस्य पदमा लड्दैछन् । कांग्रेसबाट कमला उपाध्याय र एमालेबाट श्रीमान सन्दीप उपाध्याय वडासदस्य पदका उम्मेदवार छन् ।

    सन्दीप खुला सदस्य र कमला महिला सदस्यबाट चुनावी मैदानमा उत्रिएका हुन् । फरक पार्टी भएपनि एकापसमा सौहार्दतापूर्ण तरिकाले उपाध्याय दम्पती चुनावमा होमिएका छन् ।

    उनीहरु चुनावी अभियानमा बिहानै घरबाट निस्किएर रातिमात्रै घरमा आइपुग्छन् ।

    सिरहामा जसपा केन्द्रीय सदस्य अधिकारीमाथि आक्रमण

    सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्दीय पार्टी कार्यालय सचिव प्रकाश अधिकारीमाथि आक्रमण भएको छ ।

    पश्चिमबाट पूर्व आइरहेका उनीमाथि पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहा र मिर्चैया नगरपालिकाको सीमानामा पर्ने घुर्मी खोला पुल नजिक मंगलबार राति अज्ञात समूहले आक्रमण गरेको हो ।

    आक्रमणबाट उनी सामान्य घाइते भएका छन् । उपचारपछि उनी गोलबजारतर्फ लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरि वलीले जानाए ।

    उनी सिरहा नगरपालिकाका निर्वतमान मेयर अशेश्वर यादव चढ्दै आएका बा२झ ३६५१ सेतो नम्बरको सरकारी गाडी चढेर काठमाडौँबाट आएको बताइएको छ । स्कारपियो इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेको छ ।

    अधिकारीलाई कसले किन आक्रमण गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology