Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

दाहालको सुवेदीलाई प्रश्न:तपाईको निर्वाचन क्षेत्रमा विकास खोई ? सयौँ एमाले र राप्रपाका कार्यकर्ता माओवादीमा प्रवेश

दाहालको सुवेदीलाई प्रश्न:तपाईको निर्वाचन क्षेत्रमा विकास खोई ? सयौँ एमाले र राप्रपाका कार्यकर्ता माओवादीमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २१, २०७९ बुधवार • २०:१७:२९ बजे
  • 1.0K
    SHARES
  • दाहालको सुवेदीलाई प्रश्न:तपाईको निर्वाचन क्षेत्रमा विकास खोई ?  सयौँ एमाले र राप्रपाका कार्यकर्ता माओवादीमा प्रवेश

    चितवन । पाँच दलीय गठबन्धनबाट भरतपुर महानगरपालिकाका प्रमुख (मेयर) पदका एक उम्मेद्वारले आफ्ना प्रतिस्पर्धी अर्का उम्मेद्वारलाई प्रश्न गरिन्– ‘तपाईको निर्वाचन क्षेत्रमा कति विकास भयो, तपाईलाई थाहा छ ?’

    images

    सामान्यतया, यो प्रश्न एक उम्मेदवारले अर्को उम्मेद्वारलाई सोध्नेभन्दा मतदाताले सोध्ने प्रश्न जस्तो लाग्छ तर, भरतपुर–२२ को चुनावी सभालाई सम्बोधन गर्दै पाँच दलीय गठबन्धनका उम्मेद्वार रेनु दाहालले राप्रपा–एमाले गठबन्धनका उम्मेद्वार विजय सुवेदीलाई इङ्गित गर्दै त्यस्तो प्रश्न सोधेकी हुन् ।

    भरतपुर महानगरपालिका प्रमुख पदमा उम्मेद्वार दिएकी दाहाल भरतपुर महानगरको प्रमुख पदबाट राजीनामा दिएर दोस्रो कार्यकालको लागि उम्मेद्वार बनेकी हुन् भने सुवेदी बागमती प्रदेश सभा सदस्यबाट राजीनामा दिएर महानगर प्रमुखको लागि प्रत्यासी बनेका हुन् । उनी केही समय बागमती प्रदेशका सामाजिक विकास मन्त्रीसमेत भएका थिए । 

    भरतपुर महानगरको विकासलाई विकास होइन भनेर सार्वजनिक समारोहमा बोल्दै हिड्ने सुवेदीलाई दाहालले निर्वाचन क्षेत्र नै किटान गरि तपाईले आफ्नो कार्यकालमा गरेको विकास के हो भनेर प्रश्न राखेकी थिइन् । सुवेदी चितवन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उक्त निर्वाचन क्षेत्रमा भरतपुर महानगरपालिकाका वडा २९ वडाहरुमध्ये सात वटा वडाहरु समावेश छन् । वडा नम्बर २९, १, २, ७, १०, ११, १२ सुवेदीको निर्वाचन क्षेत्रका वडाहरु हुन् । यी वडामा तपाईको पहलमा के कति विकास भयोे ? दाहालले सोधिन् । ‘गुरुयोजना, गुरुयोजना भन्नुहुन्छ खै कहाँ कस्ता गुरुयोजना बनाउनु भयो बितेको चार वर्षमा?’ दाहालले सुवेदीलाई प्रश्न गर्नुभयो ।

    कुरामा होइन काममा विश्वास गर्न प्रतिस्पर्धीलाई अनुरोध गर्दै दाहालले भरतपुर महानगरलाई विकासको उचाइमा पु¥याउन बितेको पाँच वर्षमा प्रशस्त मात्रामा पूर्वाधार तयार भइसकेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामी काममा विश्वास गर्छौं, गरेर पनि देखाएका छौं। अबको पाँच वर्षमा भरतपुर दक्षिण एसियाको सुन्दर सहर बन्छ ।’ 

    दाहालले महानगरको पहलमा ठुला ठुला गौरवका योजनाहरु कार्यान्वयनको चरणमा रहेको पनि बताउनु भयो । नारायणी र राप्ती नदीमा तटबन्धनका लागि महानगरले गुरुयोजना निर्माण गरी संघीय सरकारलाई पेश गरिसकेको उहाँले जानकारी दिनुभयो । नारायणी नदी तटबन्धनमा अहिले पाँच अर्ब रुपैयाँ बिनियोजन भइसकेको भन्दै दाहालले चार वटा प्याकेजमा गोलाघाटदेखि नारायणगढसम्म तटबन्धनको काम अगाडि बढेको पनि जानकारी दिनुभयो ।

    भरतपुरको निवर्तमान मेयर दाहालले भरतपुरको विकास जनताले छर्लङ देखेको र आफुहरु बोलेर भन्दा काम गरेर देखाएर पुष्टि गरेको जिकिर गर्नुभयो । अबको पाँच वर्षमा महानगरले स्मार्ट सिटीको सुचकमा पुग्ने घोषणा–पत्र निर्माण गरी निर्वाचनमा होमिएको उहाँको भनाई छ । 

    भरतपुरको विकासमा भएका काम केही अपवादलाई छोडेर औंला उठाउने ठाउँ समेत नभएको दाबी गर्दै उम्मेद्वार दाहालले तुक नभएका कुरा उठाउँदै नौटङ्की गर्दै हिड्ेको आरोप लगाउनु भयो । 

    भरतपुरमा सयौँ एमाले र राप्रपाका कार्यकर्ता माओवादीमा प्रवेश


    यसैबीच भरतपुर महानगरपालिकाको वडा नम्बर २४ मा एक सय जना भन्दा बढी एमाले र राप्रपाका कार्यकर्ता नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । 


    उनीहरुलाई एक कार्यक्रमका बीच नवप्रवेशीहरुलाई महानगर प्रमुखका उम्मेद्वार रेनु दाहालले स्वागत गर्नु भएको थियो । पाँच दलीय लोकतान्त्रिक–बाम गठबन्धनबाट वडा २४ का अध्यक्ष पदका पदका साझा उम्मेद्वार रामु गोदारले भरतपुर २४ मा भएको विकास देखेर खुसी भई उनीहरु माओवादीमा प्रवेश गरेको बताउनु भयो । 


    भरतपुरमा एमाले र राप्रपाबीच चुनावी तालमेल भएसँगै रुष्ट कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्ने लर्को नै चलेको छ । 

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology