Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

सत्ता गठबन्धनले आज भरतपुरमा संयुक्त सभा गर्दै

सत्ता गठबन्धनले आज भरतपुरमा संयुक्त सभा गर्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २२, २०७९ बिहिवार • ०९:४०:३४ बजे
  • 775
    SHARES
  • सत्ता गठबन्धनले आज भरतपुरमा संयुक्त सभा गर्दै

    सत्तारुढ पाँच दलीय गठबन्धनले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्ने भएका छन् । आमसभालाई सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने जनाइएको छ ।

    images

    भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुन लागेको सभालाई सम्बोधन गर्न शीर्ष नेताहरु अघिल्लो दिन नै चितवन पुगिसकेका छन् ।

    सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरुले सम्बोधन गर्ने नेकपा (माओवादी केन्द्र) का चितवन जिल्ला संयोजक रामचन्द्र अधिकारीले बताए ।

    भरतपुरमा सत्ता गठबन्धनले गर्ने चुनावी सभास्थल जलमग्न

    गएरातिदेखिको वर्षाका कारण चितवनको भरतपुर बसपार्कमा पाँच दलीय गठबन्धनले आयोजना गर्न लागेको आम सभास्थल डुबेको छ । रातभर परेको पानीले मञ्च जलमग्न भएको छ । आम सभास्थलमा सजाइएका झन्डा, ब्यानरहरु पनि डुबानमा परेका छन् ।

    सत्तारुढ पाँच दलले चितवनको भरतपुर महानगरपालिकामा आज संयुक्त चुनावी सभा गर्दैछन् । तर, सभा स्थल जलमग्न भएपछि अन्योल भएको छ । आम सभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । त्यसका लागि शीर्ष नेताहरु बुधबार नै चितवन पुगिसकेका छन् ।

    भरतपुरको हाकिम चोकमा रहेको बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायत नेताले सम्बोधन गर्ने छन् ।

    भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी रेणु दाहाल मेयरको उम्मेदवार छन् । कांग्रेसका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि रेणु दाहालको चुनावी यात्रा जटिल बनेको छ ।

    दाहालको पक्षमा मत जुटाउन गठबन्धनका शीर्ष नेताहरु नै दौडधुपमा छन् । भरतपुरमा एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology