Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

विप्लवबाट केन्द्रीय सदस्यद्वय चलाउने र लोहनी निलम्बित

विप्लवबाट केन्द्रीय सदस्यद्वय चलाउने र लोहनी निलम्बित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २२, २०७९ बिहिवार • ०९:४४:४७ बजे
  • 838
    SHARES
  • विप्लवबाट  केन्द्रीय सदस्यद्वय चलाउने र लोहनी निलम्बित

    नेत्रविक्रम चन्द (विप्लव) बाट पार्टीका केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनी निलम्बनमा परेका छन् ।

    images

    स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिविरुद्ध अफवाह फैलाएको लगायतका विविध आरोपहरु लगाउँदै उनीहरुलाई निलम्बन गरिएको हो ।

    केन्द्रीय समिति सचिवालयलको बैठकको निर्णयअनुसार उनीहरुलाई जिम्मेवारीबाट मुक्त गरी निलम्बन गरिएको पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) द्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    यसअघि विप्लवले धर्मेन्द्र बाँस्तोला (कञ्चन) र हेमन्तप्रकाश ओली (सुदर्शन) लाई पनि पार्टीबाट हटाएका थिए ।

    त्यसपछि चितवनमा बुधवार बसेको बाँस्तोला र ओली पक्षीय नेताहरुको बैठकले महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलाई नै कारबाही गर्ने निर्णय गरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology