Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

गठबन्धनको पक्षमा माहोल बनेको छ : माधव नेपाल

गठबन्धनको पक्षमा माहोल बनेको छ : माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २२, २०७९ बिहिवार • १२:३५:०२ बजे
  • 1.4K
    SHARES
  • गठबन्धनको पक्षमा माहोल बनेको छ : माधव नेपाल

    चितवन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धको पक्षमा राम्रो माहोल बनेको बताएका छन् ।

    images

    सत्ता पक्षीय गठबन्धनले आज चितवनमा आयोजना गर्न लागेको जनसभालाई सम्बोधन गर्न आएका अध्यक्ष नेपालले गठबन्धनले धेरै स्थानमा निर्वाचन जित्नेसमेत दाबी गरे । “राम्रोसँग व्यवस्थापन गरेका छौँ,” उनले भने ।

    ‘सबै स्थामा गठबन्धन भए राम्रो हुन्थ्यो’ भन्ने प्रतिक्रिया जनताबाट आएको भन्दै उनले गठबन्धनलाई निर्वाचन जिताउने अभियानमा लाग्न सबै उम्मेदवारलाई आग्रह गरे ।

    चुनावको माहोल अनुकुल बनाउने भन्दै उनले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनता आतुर रहेको बताए । भरतपुर महानगरपालिकामा बागी उम्मेदवारी रहेको सन्दर्भमा फिर्ता गराउने कोसिस भइरहेको अध्यक्ष नेपालले बताए ।

    राजनीतिक मान्छेले राजनीतिकरुपमा सोच्छ भन्दै उनले आफूलाई केन्द्रबिन्दुमा राख्दैन, सिंगो पार्टीलाई केन्द्रमा राख्छ भने ।

    “हामीले नेपालको राजनीतिक परिवर्तमा सबै पार्टीबीचमा सहकार्य गर्दै आएका छौँ, सहकार्यबाटै सफलता मिल्छ,” उनले भने, “गठबन्धन दलका नेताले स्वतन्त्र उम्मेदवारी फिर्ता लिनुपर्छ र गठबन्धनको उम्मेदवारको समर्थनमा लाग्नुपर्छ ।”

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology