Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमालेका मेयर उम्मेदवार सहकारी ठगीका दोषी ठहर

एमालेका मेयर उम्मेदवार सहकारी ठगीका दोषी ठहर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २२, २०७९ बिहिवार • १४:१३:५७ बजे
  • 1.2K
    SHARES
  • एमालेका मेयर उम्मेदवार सहकारी ठगीका दोषी ठहर

    टोखा नगरपालिकाका लागि नेकपा एमालेबाट मेयरका उम्मेदवार प्रकाश अधिकारी सहकारी ठगीमा दोषी ठहर भएको पाइएको छ ।

    images

    उच्च अदालत पाटनले सहकारीको नाममा २ सय २ जनालाई ठगी गरेको अभियोगमा २०७५ फागुन १९ दोषी ठहर गरेको पाइएको हो । नाङ्लो दीप सेभिङ एन्ड क्रेडिट को अपरेटिभ प्रालीमार्फत निक्षेपकर्तालाई ठगी गरेको ठहर गर्दै उनलाई अदालतले एक महिना कैद र १८ लाख ३१ हजार ८ सय ८७ रुपैयाँ बुझाउन फैसला गरेको थियो ।

    टोखाका निवर्तमान मेयरसमेत रहेका उनले उच्च अदालतको फैसलाको विरुद्धमा सर्वोच्च अदालतमा पुनरावेदन गएका छन् । उनको पुनरावेदन विचाराधिन छ ।

    उनले उच्च अदालतले आफूलाई सहकारी ठगीमा दोषी ठहर गरको अनलाइन पोर्टल उकेरासँगको कुराकानीमा स्वीकार्दै त्यसविरुद्ध सर्वोच्चमा पुनरावेदन हालेको बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # सहकारी ठगीका दोषी ठहर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology