Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पाँच वर्षमा एमालेले के गर्यो :गगन थापा

पाँच वर्षमा एमालेले के गर्यो :गगन थापा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २२, २०७९ बिहिवार • १४:२७:१३ बजे
  • 1.3K
    SHARES
  • पाँच वर्षमा एमालेले के गर्यो :गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा पाँच वर्षे एमाले नेतृत्वको सरकारले के–के काम भयो भन्ने खोज्नुपर्ने बताएका छन् ।

    images

    बिहीबार काठमाडौमा आयोजिक एक कार्यक्रममा महामन्त्री थापाले २०७४ सालको स्थानीय र प्रदेश तथा संघीय निर्वाचनमा एमाले ठूलो पार्टी भएर सरकार बनाएपनि एमाले नेतृत्वको सरकारले के–के गर्यो ? भन्ने नै नरहेको बताए । 

    मतदाताले त्यसको उत्तर खोज्नुपर्ने बताउँदै भने, ‘काठमाडौ कति सफा, सहज, के बनाउँछु भनेको थियो ? उत्तर दिनैपर्छ ।’ उनले गएको पाँच वर्ष खेर गएको बताउँदै खेर गएको ५ वर्षको जिम्मा कसले लिने भन्ने बहस कांग्रेस वा कसै न कसैले लिनैपर्ने बताए ।

    ‘५ वर्ष काठमाडौ चलाउने जिम्मा एमालेले पाएको थियो । अहिले काठमाडौ महानगरपालिकाको चुनाव छ ।

    यो चुनावमा एमाले मत माग्न आउँदै गर्दा मैले यो गरेँ त्यो गरे भनेर आएको छ ?’ उनले प्रश्न गर्दै भने, ‘५ वर्षपछि चुनावमा आउँदै गर्दा ५ वर्षअघि मेरो पार्टीलाई जिम्मा दिएका थियो, मैले यो यो गरेँ भन्नुपर्दैन ?’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology