Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

आज काठमाडौंमा सत्ता गठबन्धनको चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

आज काठमाडौंमा सत्ता गठबन्धनको चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २३, २०७९ शुक्रवार • ०८:११:४० बजे
  • 781
    SHARES
  • आज काठमाडौंमा सत्ता गठबन्धनको चुनावी सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने

    सत्ता गठबन्धनले आज शुक्रबार काठमाडौँ उपत्यकामा संयुक्त चुनावी सभा गर्दै छ ।

    images

    बिहीबार मात्र भरतपुरमा चुनावी सभा गरेको गठबन्धनले आज दिउँसो २ बजे काठमाडौँको भृकुटीमण्डपमा सभा गर्न लागेको हो । सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पाँचै दलका शीर्ष नेताले सम्बोधन गर्नेछन् 

    काठमाडौँ महानगरपालिकामा गठबन्धनबाट कांग्रेस नेतृ सिर्जना सिंह मेयरमा उम्मेदवार छिन् भने ललितपुर महानगरमा पनि कांग्रेसकै चिरिबाबु महर्जन उम्मेदवार छन् ।

    बिहीबार भरतपुरमा आयोजित चुनावी सभामा माओवादी केन्द्रकी नेतृ रेणु दाहाललाई मेयरमा जिताउन आह्वान गरेका गठबन्धनका नेताहरुले आज काठमाडौँमा सभा गर्न लागेका हुन् ।

    कांग्रेसले यसअघि २१ वैशाखमा मोरङको विराटनगरमा सभा गरिसकेको छ । विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयरका उम्मेदवार छन् । कांग्रेसले देशका प्रमुख १० सहरमा साताव्यापी चुनावी सभा आयोजना गर्दै छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology