Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

युक्रेनका लागि वार्ता र कूटनीतिक पहल गर्न मोदीको आग्रह

युक्रेनका लागि वार्ता र कूटनीतिक पहल गर्न मोदीको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २३, २०७९ शुक्रवार • ०८:१८:४४ बजे
  • 1.2K
    SHARES
  • युक्रेनका लागि वार्ता र कूटनीतिक पहल गर्न मोदीको आग्रह

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनको हालको द्धन्द्ध समाधानका लागि वार्ता र कूटनीतिक प्रयास सँगसँगै गर्नुपर्ने बताएका छन् । उनले युक्रेनमा हाल जारी रहेको समस्याको समाधानका लागि वार्ता र कूटनीतिक पहल जरुरी रहेको बताएका हुन् ।

    images

    हाल युरोप भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले मंगलबार डेनमार्कका आफ्ना समकक्षी मेट्टे फ्रेडरिक्सनसँगको वार्तापछि सो धारणा राखेका हुन् ।

    डेनमार्कका आफ्ना समकक्षी मेट्टे फ्रेडरिक्सनसँगको वार्तापछि आयोजना गरिएको संयुक्त पत्रकार सम्मेलनमा उनले भने, ‘युक्रेनको संकट समाधान गर्न वार्ताका साथै कूटनीतिक प्रयासहरुलाई गति दिनुपर्छ, यही माध्यमबाट नै समस्या समाधान हुनेछ ।’

    भारत युक्रेनमा शान्ति चाहेको भन्दै हाल जारी रहेका आक्रमणहरुलाई रोकेर अविलम्ब कूटनीतिक वार्ता थाल्नुपर्ने भारतको धारणा रहेको पनि उनले बताए ।

    प्रधानमन्त्री मोदी भारतको प्रधानमन्त्रीका रुपमा पहिलो पटक डेनमार्कको भ्रमण गरेको पनि उनले बताएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology