Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

गठबन्धन टुट्दैन, रेणु दाहाललाई भोट दिनुहोस्:देउवा

गठबन्धन टुट्दैन, रेणु दाहाललाई भोट दिनुहोस्:देउवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २३, २०७९ शुक्रवार • ०८:२४:५४ बजे
  • 1.1K
    SHARES
  • गठबन्धन टुट्दैन, रेणु दाहाललाई भोट दिनुहोस्:देउवा

    प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन नटुट्ने बताएका छन् ।

    images

    चितवनमा बिहीबार आयोजित पाँच दलीय गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धन नटुट्ने भन्दै रेणु दाहालको टिमलाई भोट दिन आग्रह गरेका हुन् ।

    गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी रेणु दाहालले मेयरमा उम्मेदवारी दिएपछि कांग्रेसका जगन्नाथ पौडेलले बागीको रुपमा स्वतन्त्र मनोनयन दर्ता गरेका छन् ।

    साथै बिहीबार आयोजित सभामा वक्ताको रुपमा सम्बोधन गरेका चितवनका नेताहरुले गठबन्धन टुट्न सक्ने, यसअघि जस्तै रेणुका पिता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले धोका दिन सक्ने आशंका गरेका थिए ।

    तत् पश्चात सम्बोधन गरेका प्रचण्ड र देउवाले गठबन्धन नटुट्ने दाबी गरे । कुनै पनि हालतमा गठबन्धन नटुट्ने भन्दै रेणुलाई भोट दिन आह्वान गर्दै देउवाले भने, ‘गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको छ ।

    कुनै पनि हालतमा गठबन्धन टुट्ने काम हुँदैन । राम्रो काम गर्ने मान्छेलाई सहयोग गर्नुपर्ने हो । तर, यहीकै साथीले विरोध गर्नुभएको छ । हाम्रो पार्टीले कुनै बखेडा झिक्नु जरुरी छैन ।’

    कांग्रेस चितवनका नेताहरुले रेणुलाई भोट दिनु कर्तव्य भएको भन्दै देउवाले भने, ‘चितवनका साथीको कर्तव्य हो, रेणु दाहाललाई सहयोग गर्नु । बेरुजु नभएको महानगरको मेयर हो उहाँ ।’

  • सम्बन्धित विषय:

  • # गठबन्धन टुट्दैन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology