Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

महानगरलाई ‘महान घर’ बनाएरै छाड्ने गठबन्धनको प्रतिबद्धता

महानगरलाई ‘महान घर’ बनाएरै छाड्ने गठबन्धनको प्रतिबद्धता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २४, २०७९ शनिवार • ०९:२९:४९ बजे
  • 1.1K
    SHARES
  • महानगरलाई ‘महान घर’ बनाएरै छाड्ने गठबन्धनको प्रतिबद्धता

    सत्तारुढ गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाका उम्मेदवारले भौतिक विकास र सहरी सौन्दर्यको अभिवृद्धि तथा सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने कामलाई विशेष प्राथमिकतामा राखेको बताएका छन् ।

    images

    गठबन्धनको तर्फबाट आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै गठबन्धनका तर्फबाट प्रमुख र उपप्रमुखका उम्मेदवारले महानगरलाई ‘महान घर’ बनाउने दृढता व्यक्त गरे ।

    संघीय राजधानीसमेत रहेको महानगरभित्र रहेको फोहोर, धुवाँ धुलो तथा खाल्डाखुल्डीको समस्या रहेकाले त्यसको दिगो र दीर्घकालीन समाधानका लागि पहल गर्ने र पाँच वर्षभित्र महानगरलाई ‘महान घर’ जस्तै बनाए छाड्ने प्रतिबद्धता व्यक्त गरे ।

    कान्तिपुरी नगरीका रुपमा परिचित काठमाडौँलाई सम्पदा, संस्कृति, जात्रा, पर्व, गुठीमा विशेष ध्यान दिने उल्लेख गर्दै गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार सिर्जना सिंहले काठमाडौँलाई विश्वको प्रमुख पर्यटकीयस्थलका रुपमा स्थापित गरेरै छाड्ने उल्लेख गरिन् ।

    उनले महानगरलाई २४सैँ घन्टा खुला रहने स्थानका रुपमा विकास गर्दै व्यापारिक ‘हब’ बनाउने र त्यसका लागि सम्बद्ध निकायसँग समन्वय गरेर काम गर्ने र त्यसमा सबैको साथ सहयोग रहने विश्वास व्यक्त गरिन् ।

    महानगरलाई सुशासन र प्रविधिमैत्री प्रविधिका रुपमा विकास गरेर सेवाग्राहीलाई प्रभावकारी सेवा सुविधा तथा घरबाटै सेवा दिने प्रणालीको विकास गरिने उनको भनाइ थियो ।

    उनले महिलालाई सीपमूलक तालिम दिने, विपन्न परिवारलाई विशेष भत्ता तथा विदुर पुरुषलाई पनि विशेष भत्ताको व्यवस्था गर्ने तथा महिलाले उत्पादन गरेका सामानलाई कोसेली घर बनाएर बिक्री वितरण गर्ने व्यवस्था मिलाइने बताइन् ।

    उनले महानगरभित्रको ट्राफिक जामलाई हटाउन आफूहरुको गठबन्धनले विशेष भूमिका निर्वाह गर्ने र त्यसका लागि सम्बघ निकायसँग मिलेर काम गरेरै छाड्ने बताइन् ।

    उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले काठमाडौँ महानगरलाई महानगर जस्तो बनाउने आफूहरुको प्रतिबद्धतालाई मतदाताले स्वीकार गर्ने विश्वास व्यक्त गरे । उनले काठमाडौँ महानगरलाई उपत्यकाभित्रको फोहरमैलाको व्यवस्थापन गरेर मोहर बनाउने कामलाई प्राथमिकता दिने बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology