Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

राप्रपाको जिल्ला नेतृत्व सहित ६० जनाभन्दा बढी युवा माओवादीमा प्रवेश

राप्रपाको जिल्ला नेतृत्व सहित ६० जनाभन्दा बढी युवा माओवादीमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २४, २०७९ शनिवार • १०:०८:०५ बजे
  • 1.7K
    SHARES
  • राप्रपाको जिल्ला नेतृत्व सहित ६० जनाभन्दा बढी युवा माओवादीमा प्रवेश

    राप्रपा निकट मजदुर संघठनका जिल्ला उपाध्यक्ष तुलबहादुर घर्तीसहित ६० जना भन्दा बढी युवा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। उनीहरुलाई एक अनौपचारिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खादा र अविर लगाएर पार्टीमा प्रवेश गराउनु भएको हो।

    images


    पार्टी प्रवेश पछि युवाहरुलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले देशको परिवर्तनका संबाहक युवा भएको बताउनु भयो। उहाँले नव प्रवेशी युवाहरुलाई यतिवेला सबैभन्दा महत्वपूर्ण विषय स्थानीय तहको निर्वाचन भएकाले आफ्नो तहबाट निर्वाचनलाई सफल बनाउनको लागि लाग्न युवाहरुलाई निर्देशन दिनुभयो।

    यसबखत म तपाईहरुलाई धेरै भन्न चाहन्न भन्नुहुँदै प्रचण्डले निर्वाचन पछि क्षमता र योग्यता अनुसारको पार्टीको जिम्मेवारी दिने बताउनु भयो।


    राप्रपाको जिल्ला नेतृत्वमा रहेका युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेपछि राप्रपा संग चुनावी गठबन्धन गरेको नेकपा एमालेमा यतिवेला खैलाबैला मच्चिन थालेको विश्लेषकहरु बताउँछन्।

  • सम्बन्धित विषय:

  • # युवा माओवादीमा प्रवेश
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology