Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

वाम–लोकतान्त्रिक गठबन्धन नै प्राकृतिक छ : प्रचण्ड

वाम–लोकतान्त्रिक गठबन्धन नै प्राकृतिक छ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २४, २०७९ शनिवार • १०:२५:४४ बजे
  • 964
    SHARES
  • वाम–लोकतान्त्रिक गठबन्धन नै प्राकृतिक छ : प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एकता, सहकार्य, सहमतिका आधारमा अगाडि बढ्न आग्रह गर्दै संविधान, गणतन्त्र, संघीयता र समावेशितालाई जोगाउन कायम भएको वाम–लोकतान्त्रिक गठबन्धनलाई विजयी गराउन आग्रह गरेका छन् ।

    images

    पाँच दलीय गठबन्धनको तर्फबाट आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धनलाई लामो समयसम्म लैजाने, देश र जनताको पक्षमा काम गर्ने विश्वास व्यक्त गरे ।

    गठबन्धन देश, जनता र हितमा रहेको उल्लेख गर्दै उनले वामशक्ति, प्रजातान्त्रिक शक्ति मिल्दा परिवर्तनका ठुलठुला इतिहास कायम भएको र जनताको अधिकार प्राप्त भएको बताए ।

    शान्ति प्रक्रियाको कामलाई अन्तिर निष्कर्षमा पुर्‍याउन र संविधानलाई थप कार्यान्वयन गर्नका लागि पनि गठबन्धन जरुरी रहेको उनको भनाइ छ ।

    अध्यक्ष दाहालले योग्य महिला उम्मेदवारलाई छोरी र श्रीमतीको रुपमा प्रचार गरेर महिलाकै अपमान गरिएको बताए । उनले भने,“कसैलाई छोरी र कसैलाई श्रीमतीको रुपमा कुप्रचार गरेर नकारात्मक प्रवृति देखिरहेको छ । महिलाको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मानिसको कोसिस छ ।”

    उनले त्यस्ता प्रवृत्तिको विरोध गर्दै जाँदा महिला कार्यकारी भूमिकामा रहेका छन् ती ठाउँमा राम्रो काम भएको बताए । अध्यक्ष प्रचण्डले पुरुषले देशमा धेरै राज गरे पनि ठुलो परिवर्तन गर्न नसकेको र उनकै भाषामा ‘ठुलो लछारपाटो’ लगाउन नसकेको स्पष्ट पारे । महिलालाई कार्यकारी भूमिका दिइएको स्थानमा भ्रष्टाचार र अनियमिततासमेत कम भएको उनलको भनाइ थियो ।

    उनले वाम लोकतान्त्रिक गठबन्धन नै सबैभन्दा प्राकृतिक रहेको स्पष्ट पारे । अध्यक्ष प्रचण्डले विगतमा वाम गठबन्धनको अभ्यास भएको भए पनि हालको जस्तौ वाम–लोकतान्त्रिक गठबन्धन नै सही र उपयुक्त देखिएको स्पष्ट पारे ।

    “वाम–लोकतान्त्रिक गठबन्धन नै ‘नेचुरल’ थियो । शेरबहादुरजी र मैले पहिले गरेको गठबन्धन नै राम्रो थियो । पछि वामको सजिलो हो कि भनेर लागियो तर त्यो होइन रहेछ ।”

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology