Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

पक्राउ पुर्जी जारी गरिएका एमालेका उम्मेदवार घरदैलो अभियानमा, फरार अभियुक्त चुनावी सभा गरिरहँदा प्रहरी मुकदर्शक

पक्राउ पुर्जी जारी गरिएका एमालेका उम्मेदवार घरदैलो अभियानमा, फरार अभियुक्त चुनावी सभा गरिरहँदा प्रहरी मुकदर्शक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २४, २०७९ शनिवार • १३:१३:१० बजे
  • 997
    SHARES
  • पक्राउ पुर्जी जारी गरिएका एमालेका उम्मेदवार घरदैलो अभियानमा, फरार अभियुक्त  चुनावी सभा गरिरहँदा प्रहरी मुकदर्शक

    पक्राउ पूर्जी जारी भएका धनुषाको वटेश्वर गाउँपालिकाका अध्यक्षका उम्मेदवार श्यामसुन्दर महतो (तस्बिरको रातो घेरामा) दैनिक घरदैलो अभियानमा व्यस्त छन् । तर, उनलाई प्रहरीले पक्राउ गर्ने कनै चासो देखाएको छैन ।

    images

    तस्बिर नेपालफेस डटकमबाट नेकपा एमालेले बैंकिङ कसुरका फरार अभियुक्त महतोलाई बटेश्वर गाउँपालिकाको अध्यक्षमा उम्मेदवार बनाएको हो ।

    कानुनी राज्यलाई चुनौती दिँदै फरार अभियुक्त महतो चुनावी सभा गरिरहँदा समेत प्रहरी मुकदर्शक बनेको छ । महतो बुधबार, बिहीबार र शुक्रबार घरदैलो अभियानमा जुटिरहेका थिए । तर, प्रहरीले उनलाई पक्राउ गर्न चासो नै देखाएको छैन । शुक्रबार एमालेको चुनावी सभामा अध्यक्षका उम्मेदवार महतो रघुवीर महासेठसँगै कुम जोडेर बसेका थिए ।

    प्रहरीले नै उनलाई सुरक्षा दिएर कार्यक्रम गरिरहेको थियो । एमालेबाट बटेश्वर गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका महतोबिरुद्ध उच्च अदालत पाटनबाट २०७६ साउन १५ पक्राउ पूर्जी जारी भएको छ । महानगरीय प्रहरी बृत्त सिंहदवारले उच्च अदालत पाटनसँग अनुमति लिई महतोबिरुद्ध पक्राउ गर्नका लागि ३ बर्षअघि नै पुर्जी जारी गरेको हो ।

    पक्राउ पूर्जी जारी भएका महतो ३ बर्षदेखि प्रहरीको नजरमा फरार अभियुक्त हुन् । उनलाई उच्च अदालत पाटनको बाणिज्य इजलासमा लालबबहादुर क्षेत्रीको जाहेरीले वादी नेपाल र प्रतिवादी श्यामसुन्दर महतो भएको बैंकिङ कसुर मुद्दाको अनुसन्धानको सिलसिलामा तत्कालै नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्ने र तत्काल पक्राउ नगरे मुद्दासँग सम्बद्ध प्रमाणहरु लोप र नास गराई भागीजाने सम्भावना देखिएकाले पक्राउ गर्न माग गरिएको थियो । तर, उनलाई २ बर्षसम्म पक्राउ गरिएको छैन । तीन बर्षअघि पक्राउ पूर्जी जारी भएका महतो वटेश्वरका वडा वडामा चुनावी घरदैलो गरिरहेका छन् ।

    घरदैलो गरिरहेका महतोलाई प्रहरीले पक्राउ नगरी छुट दिएको छ । चुनावमा अध्यक्षका उम्मेदवारका रुपमा मत माग्दै हिँड्दा पनि प्रहरीले उनलाई पक्राउ नगरी कानुनी राज्यको उपहास गर्ने कार्य भइरहेको छ ।

    फरार अभियुक्त महतोलाई पक्राउ नगरिएकोबारेमा धनुषाका एसपी बसन्त रजौरेले आफूलाई कसैले भनेर पक्राउ गर्ने नभएको भन्दै टाढिएका छन् । उनले धनुषाकोमुद्धा नभउकाले बुझेर कदम चाल्ने बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology