Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

संसद् विघटन गर्नेओलीको पार्टीलाई जिताएर के गर्नुहुन्छ :प्रधानमन्त्री देउवा

संसद् विघटन गर्नेओलीको पार्टीलाई जिताएर के गर्नुहुन्छ :प्रधानमन्त्री देउवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २४, २०७९ शनिवार • १३:३७:०८ बजे
  • 1.2K
    SHARES
  • संसद् विघटन गर्नेओलीको पार्टीलाई जिताएर के गर्नुहुन्छ :प्रधानमन्त्री देउवा

    प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन् ।

    images

    शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारहरूलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने पनि बताए । गठबन्धनलाई उनले राष्ट्रिय आवश्यकताको रूपमा अर्थ्याएका छन् ।

    ‘यो गठबन्धन आवश्यक छ । गठबन्धनको भविष्यका लागि उम्मेदवारहरूलाई जिताउनु आवश्यक छ । संघीयता, गणतन्त्र र लोकतन्त्रलाई स्थायी रूपमा बचाउन पनि गठबन्धन आवश्यक छ’, रुपन्देहीको बुटवलमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन दहरूबीच तालमेल गरेर उम्मेदवारी दिइएको छ ।

    गठबन्धनका सबै साथीहरूलाई शंका उपशंका नगरी जिताउनुपर्छ ।’ देशको स्थायी विकास गर्न, सुकुम्वासीहरूको समस्या समाधान गर्नदेखि राजनीतिक व्यवस्थाहरू जोगाउन पनि गठबन्धन बनेको देउवाले प्रष्ट पारे ।

    उनले बुटवलवासीलाई नेकपा(एमाले)का उम्मेदवारलाई मत नदिन आग्रह गरे । उनले भनेका छन्, ‘ओलीजीको पार्टीलाई जिताएर के गर्नुहुन्छ ? संसद् विघटन गरेको गरेकै गर्नुभयो ।

    अदालतले न्याय गरेर संसद् पुनःस्थापना गर्‍यो तर चल्न दिएको छैन ।’ देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी अनुदान भएको भन्दै अन्य देशसँग पनि अनुदान सहयोग लिएर देशको विकास गर्न आवश्यक रहेको औँल्याए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology