Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

मधेसको समृद्धिका लागि पनि गठबन्धन आवश्यक : प्रचण्ड

मधेसको समृद्धिका लागि पनि गठबन्धन आवश्यक : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २४, २०७९ शनिवार • १३:४०:१७ बजे
  • 1.0K
    SHARES
  • मधेसको समृद्धिका लागि पनि गठबन्धन आवश्यक : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको चाहनाअनुसार संविधान संशोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नदिएको दावी गरेका छन् ।

    images

    शनिबार धनुषामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री हुँदा आफूले दुई पटक संसद सचिवालयमा संविधान संशोधन र परिमार्जनका लागि प्रस्ताव दर्ता गरेको दावी गर्दै ओलीका कारण छलफलै हुन नसकेको बताएका हुन् ।

    अध्यक्ष प्रचण्डले भने, ‘तपाइँहरूलाई थाहा छ या छैन, मैले दोस्रो चोटी प्रधानमन्त्रीको भूमिका निर्वाह गर्दैगर्दा संविधान संशोधनका लागि दुई पटक प्रस्ताव संसदमा दर्ता गराएको थिएँ । तर, त्यो संशोधन र परिमार्जनको प्रस्ताव केपी ओलीकै कारणले संविधान संशोधन हुन सकेन ।’

    मधेस जनताको हक अधिकारका निम्ति र मधेसको विकाससँगै समृद्धि तथा विकासका लागि पाँच दलीय गठबन्धन बनाएको उनले प्रष्ट पारे ।

    अध्यक्ष प्रचण्डले भने, ‘संविधान, गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था र जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्न पनि गठबन्धन अनिवार्य छ ।’ अहिले गठबन्धनको पक्षमा देशभरी लहर आएको समेत उनले दाबी गरे ।

  • सम्बन्धित विषय:

  • # मधेसको समृद्धिका लागि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology