Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विश्वमै पहिलो पटक बिनाऔषधि निको भयो एचआइभी :वैज्ञानिकको नयाँ खुलासा

विश्वमै पहिलो पटक बिनाऔषधि निको भयो एचआइभी :वैज्ञानिकको नयाँ खुलासा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०७७ मंगलवार • १७:२९:४१ बजे
  • 2.5K
    SHARES
  • विश्वमै पहिलो पटक बिनाऔषधि निको भयो एचआइभी :वैज्ञानिकको नयाँ खुलासा

    एजेन्सी । विश्वमा पहिलो पटक एचआइभी संक्रमित व्यक्ति कुनै उपचारबिना नै संक्रमणमुक्त भएका छन् । मानव शरीरको प्रतिरोधक क्षमताले एचआइभी जस्तो खतरानाक भाइरसलाई पूर्णरुपमा निस्तेज पारेको छ ।

    images
     

    यो घटनाबाट विश्वभरका वैज्ञानिक तथा डाक्टरहरु हैरान भएका छन् । एचआइभीको अहिलेसम्म कुनै उपचार पत्ता लागेको छैन । यो जसलाई हुन्छ, उसलाई आजीवन औषधिको सहारा लिनु आवश्यक हुन्छ । यस्तो भाइरस शरीरमा आफै ठीक भयो भन्दा जो कोही हैरान हुन्छन् ।

    जब उक्त घटना सार्वजनिक भयो, त्यसपछि डाक्टरले उक्त व्यक्तिको शरीरमा रहेको करिब २ सय ४० करोड कोशिकाहरुको जाँच गरे । एचआइभी जित्नेवाला व्यक्तिलाई इसिटू नाम दिइएको छ । साइन्स म्यगजिन नेचरमा प्रकाशित रिपोर्टअनुसार उक्त व्यक्तिको शरीरमा एचआइभीको सक्रिय भाइरस अब छैन ।

    यसको अर्थ उक्त व्यक्तिको शरीरमा रहेको एचआइभीको असर आफै सकिएर व्इक्ति पूर्ण रुपमा भाइरसमुक्त भएका छन् । यस्तै डाक्टरहरुले अर्को व्यक्तिको पनि जाँच गरेका छन् । उनलाई इसिवान् नाम दिइएको छ । उनको शरीरको एक सय ६० करोड कोशिकाको जाँच गर्दा जम्मा एउटामात्रै सक्रिय भाइरस भेटेका छन् ।

    तर, भेटिएको एउटा भाइरस पनि जेनेटिकल्ली निष्क्रिय रहेको बताइएको छ । यसको अर्थ परीक्षण गरिएका दुबै व्यक्तिको शरीरमा एचआइभीको सक्रियता नष्ट गराउने जेनेटिक्स रहेको छ । वैज्ञानिकहरुले यी दुबै व्यक्तिलाई एलिट कन्ट्रोलर्स (इसी) नाम दिएका हुन् ।

     

    एलिट कन्ट्रोलर्सको अर्थ कुनै औषधिको प्रयोगबिना नै शरीरमा रहेको एचआइभीलाई पूर्णरुपमा निष्क्रिया पार्न सक्ने भन्ने रहेको उनीहरुले बताएका छन् । यी दुबैको शरीरमा एचआइभीको लक्षण अथवा त्यसको माध्यमबाट हुने क्षति नदेखिएको उनीहरुले बताएका छन् ।

    क्यालिफोर्निया विश्वविद्यालयमा एचआइभीका विषयमा सोध गर्ने सत्या दाण्डेकरले निकै धेरै समयमा विकसित हुने इम्युन सिस्टम उनीहरुको शरीरमा देखिएको बताएकी छन् । विश्वमा करिब साढे ५ करोड व्यक्ति एचआइभी संक्रमित रहेका छन् । जसमध्ये ९९.५ प्रतिशत व्यक्तिले नियमित औषधिको सेवन गरिरहेका छन् ।

     

    वैज्ञानिककाअनुसार यी दुबै व्यक्तिको शरीरमा कमजोर एचआइभीको भाइरस रहेको पनि हुनसक्छ । यीसँगै उनीहरुले अन्य ६४ जना एलिट कन्ट्रोलर्सहरुमा पनि अध्ययन गरेका छन् । जसमध्ये ४१ जनाले औषधिको सेवन गरिरहेका थिए । तर, यी दुबै व्यक्तिले औषधि नलिएको र भाइरस पनि शरीरमा नरहेको पाइएको हो ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology