मुलुकभर चुनाबी सगर्मी बढिरहँदा गोरखाको गण्डकी गाउँपालिकाको टोलटोलमा चुनाबी चर्चा बढेको छ । करिब २३ हजार बढि जनसंख्या रहेको पालिकामा १८ हजार ५ सय मतदाता रहेका छन् ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिन आउन अब एक हप्ता मात्रै बाँकी छ । गाउँपालिकाको अध्यक्ष पदका उम्मेद्वार नेकपा (माओवादी केन्द्र) बाट दिपक तिमिल्सिना ‘साकार’ बलियो दाबेदार हुन् । उनीसँग कडा प्रतिस्पर्धामा यस अघि पालिका अध्यक्षसमेत रहेका नेपाली कांग्रेसका तर्फबाट होम बहादुर मगर चुनावी प्रतिस्पर्धामा छन् ।
राजनीतिक पार्टीका गठबन्धनको नियम गण्डकी गाउँपालिकामा लागू भएन । यस अघि ५ वर्षका लागि पालिकाको विकास गर्न मौका पाएका कांग्रेसका उम्मेद्वार मगरले सुशासन, समानुपातिक विकासगरी नमुना गाउँ बनाउन नसक्नु नै उनका लागि चुनौति बनेको स्थानियको मत छ ।
माओबादीका उम्मेद्वार साकार अहिले चुनावी भेटघाटमा व्यस्त छन् । गोरखामा एक निष्ठावान्, स्पष्ट र खरो स्वभावका माओबादी नेता साकार जनयुद्धको पृष्ठभूमिबाट आएका नेता हुन् । अहिलेसम्म स्वच्छ छबि बनाएका नेता साकार समाजमा र पार्टी भित्र पनि इमानन्दार नेताका रुपमा चिनिन्छन् ।
यति बेला जनताको घरदैलोमा भोट माग्दै हिडिरहेका साकार पालिकाको सबै क्षेत्रलाई नमुना गाउँ बनाउने सपना राखेको बताउँछन् । एक छोटो कुराकानीमा उनले कुरा हैन काम गरेर देखाउन चाहेको बताए । सुशासन, पूर्वाधार विकास, गरिबी निवारण आफ्नो मूख्य योजना रहेको बताए । यस्तै शिक्षा, स्वास्थ्य मौलिक हक अधिकार सुनिश्चित गर्नु आफ्नो कर्तव्य रहेको अध्यक्षका उम्मेद्वार साकारले बताए ।
गाउँको समस्यालाई नजिकबाट बुझेका राजनीतिक भिजन बोकेका साकार गण्डकी पालिकाबासीको आशाको केन्द्र समेत भएको स्थानिय बुद्धिजिबीहरु बताउँछन् । जनताले जिताएपछि आफ्नो प्रतिबद्धतामा इमान्दारका साथ सेवामा लाग्ने उनले बताए । उनले भने, ‘जनताको प्रतिक्रियाबाट उत्साहित छु मेरो जित निश्चित छ । बोलेर होइन काम गरेर देखाउँछु ।’
साकारले ११३ बुँदामा आफुले गर्ने कामहरुको योजनाहरु पनि सार्वजनिक गरेका छन् ।
उनले समावेशीता र उत्कृष्टताको सिद्धान्तलाई लागु गर्ने, समृद्ध गण्डकी गाउँपालिका, सांस्कृतिक तथा कृषि पर्यटन, उद्योग, एक गाउँ एक उत्पादन, निशुल्क स्वास्थ बिमा, पशु बिमा, प्राविधिक शिक्षालय, युवा स्वरोजगार, पालिका केन्द्रको सुगमता जस्ता कार्यक्रम अघि सारेका छन् ।
गण्डकी गाउँपालिकालाई नमुना पालिका बनाउन आफु प्रतिबद्ध रहेको उनले बताए ।
गण्डकी गाउँपालिकाले सहि नेतृत्व नपाउदा धेरै पछि परेको उनले स्वीकारे । जसको नीति उसको नेतृत्व भएमात्र गाउँपालिकाको मुहार फेरिन सक्ने नेता साकारको तर्क छ ।
कृषि, पूर्वाधार विकास, संस्कृति पर्यटन, शिक्षालगायत पालिकाको समृद्धिका लागि विभिन्न विषयमा समेटिएका योजना तथा कार्यक्रमहरुको ११३ बुँदागत प्रतिबद्धताहरु यस्ता छन्ः
सुशासन तथा सामाजिक सुरक्षा
१. संविधानको प्रस्तावनामा व्यवस्था भएको समाजवादको लक्ष्य प्राप्त गर्न सोही अनुसार सिद्धान्त, नीति र कार्यक्रम तथा त्यसको प्रभावकारी कार्यान्वयन हुन जरुरी हुन्छ ।
२. ‘भ्रष्टाचारविहीन स्थानीय सरकार, भ्रष्टाचारमुक्त नेपाली समाज’को नारासहित भ्रष्टाचार, घुसखोरी, कमिसनखोरी, अनियमितता, सरकारी काममा ढिलासुस्ती आदि कडाइका साथ नियन्त्रण गरिने छ । हाम्रा जनप्रतिनिधिहरूको आर्थिक आचरण शुद्ध हुने छ । जो कोही भ्रष्टाचारीलाई कडा कार्बाही गरिने छ ।
३. माओवादी केन्द्रको विजयी जनप्रतिनिधिले सुशासन कायम गर्नेछन् र भ्रष्टाचारलाई शून्य बनाउन निरन्तर खटिरहने छन् ।
४. माओवादी केन्द्रका जनप्रतिनिधिले उत्तरदायीत्व, जिम्मेवारी र पारदर्शिता सहितको सुशासन कायम राख्नेछन्, ढिलासुस्ती हट्ने छ, विकासनिर्माण समयमै सम्पन्न हुनेछन् । नागरिकको काम व्यवस्थित, सहज र छिटोछरितो ढङ्गबाट गर्न हरेक वडा र गाँउपालीकामा धषष् को व्यवस्था सहित सेवाग्राही ९ज्भउि म्भकप० राखिने छ । त्यसैगरी गाँउपालकिा र वडा कार्यालयमा निःशुल्क वाइफाई र फोटोकपीको व्यवस्था गरिने छ । शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिलाई प्राथमिकतामा राखी सेवा दिइने छ ।
५. आयोजना, कार्यक्रम, कार्यान्वयनको अवस्था, आर्थिक विनियोजन, खर्च र प्रगतिबारे पारदर्शी बनाउन गाँउपालीका तथा हरेक वडामा चार–चार महिनाको फरकमा नागरिक सुनुवाइको व्यवस्था गरिने छ ।
६. गाँउपालीका तथा प्रत्यक वडाको सम्पूर्ण गतिविधि र सूचनालाई एकीकृत सफ्टवेयर विकास गरी राखिनेछ ।
७. प्रत्यक वर्षको असोज भित्र वार्षिक वजेट खर्च गर्नकोलागी गाँउपालीका र वार्डले उपभोक्ता समुह वनाइ सम्झौता गरी कार्यन्वयन गरीने छ । प्रत्यक वार्डमा हुने विकासका कामको कार्यन्वयनको निगरानीको लागी समाजका प्रवुद्ध व्यक्ती, सवैलपार्टीका सदस्य सम्मीलित विकास निगरानी समूह वनाईने छ ।
८. ज्येष्ठ नागरिक तथा अपाङ्ग परिचयपत्र सहज रूपमा वितरण गरिनेछ ।अशक्त, दीर्घरोगी र एकल महिला तथा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरदैलामा पु¥याउने व्यवस्था गरिनेछ । नव्वे वर्ष नाघेका नागरीकहरुलाई सम्मानित ज्यष्ठ नागरीक कोष तयार गरी अतिरिक्त सेवा सुविधा प्रदान गरिने छ ।
९.गाएँपालीका तथा वडा कार्यालयहरू ज्येष्ठ नागरिक तथा अशक्त–अपाङ्गतामैत्री बनाइनेछ ।
१०.महिला हिंसा, घरेलु हिंसा आदिमा उजुरी दिने व्यवस्था उपलब्ध गराइनेछ र आएका उजुरीको तत्कार सम्वोधन गरिने छ ।
११. प्रत्येक षडामा गरीव तथा न्यून र अती विपन्नहरुको पहचिान गरी गरिव घरपरिवार परिचय पत्रको व्यवस्था गरिने छ र विकोपार्जनको लागी कार्यक्रम सँचालन गरिने छ ।
१२.वडामा रहेका अशक्त, गरिब, असहाय, शारीरिक रूपमा कम सक्षम, एकल महिला÷पुरुष, सीमान्तकृत, तेस्रो लिङ्गी–यौनिक अल्पसङ्ख्यक आदिको विवरण राखी आवश्यकता बमोजिम सहयोग गरिनेछ ।
१३. भ्रष्टाचार मुक्त स्थानीय सरकार अन्तरगत जनप्रतिनिधिले सम्पत्ति विवरण सार्वजनिक गर्ने, गाँउपालीका भीत्र कुनै ठेक्का पट्टाको व्यवसायमा संलग्न हुन नपाउने तथा सादा जीवन शैली अवलम्बन गर्ने नीति लिईने छ प्रशासनिक र साधारण खर्च घटाऔँ विकास खर्च बढाऔँ भन्ने नीति अवलम्बन गरी विकास खर्च बृद्धि गरिने छ ।
१४.रोजगारी सिर्जना हुने कार्यक्रम तय गरिनेछ । शिक्षा र स्वास्थ्यमा नागरिकलाई सहज पहुँचको व्यवस्था गरिने छ ।
१५.बालबालिका– महिला– ज्येष्ठ नागरिक– अतिगरिब– असहाय र विपन्न नागरिक, दलित, वराम, माझी, चेपाङ, कुमाल तथा अति विपन्न समुदायलाई विशेष सुविधा उपलब्ध गराइनेछ ।
१६.स्थानीय तहबाट नै आर्थिक गतिविधि अभिवृद्धि र जनमुखी शिक्षा–स्वास्थ्य, स्थानिय उत्पादनमा आधारीत साना तथा मझौला उद्योगको स्थापना, सम्बन्धी कार्यक्रम ल्याइनेछ ।
१७. प्राकृतिक श्रोतहरुको अधिकतम प्रयोग गर्न समूहमा आधारित व्यवस्थापन जस्तै जल, जंगल र जमिन ।
१८.सान तथा मझौला उद्योग तथा व्यवशायको विकास तथा प्रवर्धनको लागी उद्यमशिलताको विकास गरिने छ । त्यसको लागि स्थानिय श्रोत र साधनमा आधारित उद्योग तथा व्यवशायलाई प्रवद्र्धन गरिने छ ।
१९.गाँउपालिका तथा वार्डहरुमा रहेका स्थनिय शिप तथा ज्ञानलाई पहिचान गरी सुचिकृत गरिने छ र त्यसको आधारमा स्वरोजगार कार्यक्रम संचालन गरिने छ ।
कला संस्कृति र पर्यटन
२०. गण्डकी गापाको भुम्लिचोक फुजेल, मकैसिगं दरवुगंको माथिल्ल्लो भागलाइ समेटेर पर्या तथा संस्कृतिक पर्यटनको हवको रुपमा विकास गरिने छ ।
२१. भैरवी मन्दिर, महादेव मन्दिर, पोखरीटार (भैरवी चौर), वटुकी भैरव, महादेव मठ, लगायत ससाना देवी देवताको मठ र मन्दिरलाइ समेटेर धार्मिक पर्यटनको विकास तथा प्रवद्र्धन गरिने छ ।
२२.जनजातिहरुको बहुल्य रहेको हुदाँ आदिवासी जनजातिहरुको संस्कृतिलाई संरक्षण प्रबद्र्धन गर्न भूमिका निर्वाह गरिनेछ । घाँटु, ख्याली, चुड्का, लाखे, झ्याउरे, भजन, वालन, रोदी आदिको संरक्षण तथा प्रवद्र्धन गरी संस्कृतिक पर्यटनको प्रवद्र्धन गरिने छ ।
२३.आदिवासी मौलिक संस्कृति सहितको संस्कृतिले सु–सुज्जित टाँउहरुमा होम स्टे पर्यटनको स्थापना, विकास तथा प्रवद्र्धन गरिने छ ।
२४.भुम्लिचोक, तांलिचोक तथा मकैसिग वरिपरी पर्यटकीय रिंग निर्माण गर्दैै पदमार्ग (तचभपपष्लनरज्ष्पष्लन त्चबष्कि), साहसिक साइकल मार्ग र प्याराग्लाइडिङको सम्भावनाहरुको अध्ययन गरी कार्यान्वयनको दिशामा अघि बढाइनेछ ।
२५.आदिवासीहरुको संस्कार र संस्कृतिलाई जर्गेना गर्दै ९भ्तजलष्अ त्यगचष्कm० लाई प्रथामिकतामा राखिनेछ । विशेष गरेर जनजाति संस्कृतिसँग सम्बन्धी अध्ययन गर्न आउने स्वदेशी तथा विदेशी विश्वविद्यालयका अनुसन्धानकर्ताहरुको आर्कषक केन्द्रको रुपमा विकास तथा प्रवद्र्धन गरिने छ ।
२६. पूर्वाधारहरु विकास गर्न गाउँपालिका, प्रदेश सरकार तथा संघीय सरकारसँग सहकार्य गरी आवश्यक पहल गरिनेछ ।
२७. एउटा केन्द्रिकृत जातिय संग्राहलय स्थापना गरिने छ ।
२८.आमा समुहलाइ सिपमूलक तालिम दिइ घर आागनमा रोजगारी कार्यक्रम संचालन गरिने छ ।
शिक्षाः
२९.दक्ष र सिर्जनशील जनशक्ति उत्पादन गर्नको लागि सवै सिद्यालयहरुलाइ साधन श्रोत सम्पन्न गरिने छ । ।
३०. गण्डकी गाउँपालिकाकै कुनै एक विद्यालयलाइ अभलतचभ या बअबमझष्अ भहअभििभलअभ को रुपमा विकास गरिने छ ।
३१.तोमन डाडा माविलाइ धादिङ, गोरखा र चेपाङ नमुना शैक्षिक केन्द्रको रुपमा स्थापना गरिने छ । विद्यालयको छात्रा वासलाई व्यवस्थित गरिने छ । सवै विद्यालयकोो शैक्षिक तथा सूचना संञ्चार तथा प्रबिधि पक्षको सुधार गरिने छ ।सबै बिद्यालयमा कार्यसम्पादनमा आधारित नतिजामुखी शैक्षिक प्रशासनिक प्रकृया लागु गरिने छ ।
३२. क्ष्ऋत् नबमनभत नभएका विद्यालयहरुमा न्युनतम क्ष्ऋत् नबमनभत को व्यवस्था गरिने छ । सबै शिक्षकहरुलाई क्ष्ऋत् तयय िसञ्चालन गर्न सक्ने गरि सक्षम बनाइने छ । गरिव तथा जेहेन्दार विद्यार्थीको पहिचना गरि छात्रवृत्तिको व्यवस्था गरिने छ ।
३३. सवै वडा भित्र आधारभूत तहको शिक्षाबाट बञ्चित भएका बालबालिकाहरुको पहिचान गरि शिक्षा प्रदान गर्ने व्यवस्था गरिने छ ।
३५. न्युनतम् शिक्षक पनि नभएका विद्यालयहरुमा शिक्षक व्यस्थापन गर्न पहल गरिने छ ।
३६. विद्यालयमा भएका स्थाई दरबन्दिलाई बचाउने र थप्नको लागि पहल गरिने छ ।
३७. विषयगत विज्ञ, अनुभवी र अभिभावकको प्रतिनिधित्व हुने गरी व्यवस्थापन समिति गठन गरिने छ । वडा भित्रको सबै सामुदायिक विद्यालयमा खेलकुद मैदान, कम्प्युटर, विज्ञान प्रयोगशाला, पुस्तकालय, इन्टरनेट आदिको व्यवस्था गरिने छ ।
३८.पाठ्यक्रम विकास केन्द्रसँग समन्वय गरी सामुदायिक विद्यालयमा एउटै पाठ्यक्रम, पोसाक, खेलकुद, अतिरिक्त क्रियाकलाप गरी प्राविधिक तथा रोजगारीमूलक शिक्षा दिइने छ । शिक्षाको स्तरबारे शिक्षा विभाग र वडाले अनुगमन गरिने छ ।
३९. शिक्षक, प्रशासक, राजनीतिकर्मीलगायतका सन्ततिको पनि रोजाइमा पर्ने गरी सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गरिनेछ । वडामा ‘बाल स्याहार केन्द्र’ स्थापना गर्नाका साथै स्कुल पढ्न जान नभ्याउने, वा मातापिता गुमाएका बालबालिकालाई ध्यानमा राखी ‘बालसंरक्षक कोष’ स्थापना गर्नुका एस.ओ.एस्. लगायतका अन्य संस्थामा अध्ययन गर्ने व्यवस्था गरिने छ । अतिविपन्न तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाको छात्रवृत्ति दिइने छ ।
४०. पालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई सामाजिक उत्तरदायित्व अन्तर्गत अन्य सामुदायिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति एवं शैक्षिक सामग्री, पुस्तक, कापी, विद्यालय पोसाक आदि अनिवार्य रूपमा निःशुल्क उपलब्ध गराउन लगाइनेछ ।
४१. स्थानीय तहहरूमा किशोरी जनचेतना कार्यक्रम सञ्चालन गरिनुका साथै छात्राहरूलाई प्रजनन स्वास्थ्य परामर्श दिने व्यवस्था गरिनेछ ।
४२. पालिका भित्रका उच्च गुणस्तरयुक्त नतिजा ल्याउने विद्यालयलाई सम्मान एवं विशेष पुरस्कार दिइने छ ।
४३. वार्षिक परीक्षा एवम् एस.ई.ई. मा उच्च अङ्क ल्याउने विद्यार्थीलाई वडाहरुले सम्मान गर्नेछ ।
४४. गापाको बासिन्दाले गाउँपालिकाले चाहेको र गापालाइ अध्ययनको क्षेत्र वनाई कुनै विषयमा विद्यावारिधि गर्न चाहेने जोकोहीलाई सम्बन्धित शोधार्थीलाई छात्रवृत्ति दिएर सहयोग गरिने छ ।
निःशुल्क औषधि र स्वास्थ्य सेवा
४५. सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको निःशुल्क औषधिको सूची स्वास्थ्य चौकीमामा टाँसी त्यस प्रकारका औषधि स्वास्थ्य जाँचपछि उपलब्ध गराइनेछ ।
४६. सङ्घीय सरकारले गर्ने स्वास्थ्य बिमा गर्न सबैलाई प्रेरित गरिने छ । गापाको सबै बासिन्दाको स्वास्थ बिमा गरी स्वास्थ्य सेवामा पहँुच बढाइनेछ ।
४६. क्उष्लब िक्ष्लवगचथ, एबचबथिकष्क, प्ष्मलभथ, ज्भबचत, ऋबलअभच, आदि जस्ता अति सम्वेदनशिल विमारीको लागि एक मुष्ठ उपचार खर्च संघिय सरकारले उपलव्ध गराउने रु एक लाखको अतिरिक्त रु ४०००० उपचार खर्चको व्यवस्था गरिने छ र मासिक निर्वाह खर्चको वयवस्था गरिने छ ।
४७. गापावासीको शारीरिक–मानसिक स्वस्थ जीवन शैलीका लागि वडामा कम्तिमा वर्षको एक पटक विषयगतविज्ञ जस्तै अर्बुदरोग, मुटु, मिर्गाैला, मधुमेह, उच्चरक्तचाप, सरुवा रोग, महामारी आदिमा स्वास्थ्य शिविर सञ्चालन गरी स्वास्थ्य परामर्श सेवा उपलब्ध गराइनेछ । साथै निजी तथा सरकारी अस्पतालसँग समन्वय गरी निःशुल्क स्वास्थ्य शिविर तथा जनचेतना बढाउन घरदैलो कार्यक्रम गरिनेछ ।
४८.अशक्त, शारीरिक रुपमा कमजोर तथा ७० वर्षमाथिका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच घरमै गएर गर्ने व्यवस्था गरिनेछ ।
४९.प्रत्येक वडामा एम्बुलेन्सको पहुँच पु¥याइनेछ ।
.
कृषि उत्पादन र बजार व्यवस्थापन
५०. कृषकले उत्पादन गरेको कृषि सामागी्रलाई उचित बजारको व्यवस्था गरिने छ । कृषि बजारमा बिचौलिया प्रवृति अन्त्य गर्न एवम् वडावासीलाई व्यवसायी बनाउन काठमाडौं, पोखरा र नारायणढमा वसोवास गर्ने वडावासीहरुको अग्रसरतामा हाम्रो तरकारी लाई ब्राण्डिङ् गर्न “गण्डकी तरकारी पसल” नाममा तरकारी पसलहरु सञ्चालन गरिनेछ ।
५१. व्यवशायीक कृषि तथा पशुपालनलाइ प्रोत्साहन गर्नको लागी गाउँ पालीकामा उत्पादीत वस्तुको समर्थन तथा आधार मुल्य कायम गरिने छ । किसानले त्यसभ्न्दा वढी पाएमा अन्यत्रै वेच्न पाउने र वजार नपाएमा गाँउपालिकाले वाजारसम्मको पहुच वनाइदिने तथा आँपैmले किनेर भए पनि व्यवस्थापन गर्ने छ ।
५२.घ्याल्चोकलाई तरकारी उत्पादनको हव, सवै वार्डको ५०० देखी १५०० मि सम्मको भुगोललाइ अमिलो जात कागती उत्पादनको हव, १२०० मि भन्दा माथिल्लो भागमा जापानीज हलुवादेद, किवि, एभोकाडो आदीको हव, केही विशिष्ठ ठाँउहरुलाइ विउ उत्पादनको हवको रुपमा विकास गरिने छ ।
५३. दुध, मासु, अण्डा र तरकारी उत्पादनमा आत्म निर्भर वानइने छ र उत्पादनको लागि समुहमा आधारित अनुदान र वजार सम्मको पहुच सुनिश्चितता गरिने छ ।
५४. गापा भित्र रहेका कृषि फारामको रेकर्ड राखिने छ । खाली रहेको जग्गा बाँझो नराख्न स्थानीय कृषक तथा उद्योगी व्यवसायीलाई गापा तथा वडाको तर्फबाट तरकारी खेती, बागबानी र करेसाबारी खेती, कुखुरापालन, हाँसपालन, गाईभैंसीपालन, कुटिर उद्योग आदिको स्थापना र दिगो विकासका लागि तालिमका साथै बीउ–बिजन, दाना, कच्चा पदार्थ र मलको व्यवस्था गरिने छ । गापामा विद्यमान रहेको उद्योग र नयाँ उद्योग गरेका उद्योगलाई केही कर छुट गरिनेछ ।
५६. गापाभरीका सबै उद्योगीको आवश्यकतालाई ध्यानमा राखी कृषिविज्ञ, पशुचिकित्सकसहित विज्ञको व्यवस्था गरी सल्लाह, सुझाव र प्रोत्साहन दिइनेछ ।
५७. गापामा कृषकहरुको कृषि सामाग्रिलाई व्यवस्थित गर्नको लागि सहकारीसँग सहकार्य गरेर अघि बढ्नेछ । सहकारी मार्फत तरकारी तथा दुध संकलन केन्द्रहरु आवश्यकता अनुसार स्थापना गरिने छ ।
५८. पाखो बारीलाई उपयोग गर्नको लागि दक्ष प्राविधिकहरुको रोहवरमा कृषकहरुलाई कृषि उत्पादनसँग सम्बन्धित तालिमहरु उपलब्ध गराइने छ ।
५९.अधिकतम रुपमा खालि जग्गालाई उपयोग गर्न प्रोत्साहन गरिने छ । जग्गा बाझो राख्न नपाइने नीतिलाई अघि सारिने छ ।
६०.गापामा किसानको शत्रुको रुपमा आएको वादर आतंकलाइ निवारण गर्न उचित कदम चालिने छ ।
६१. स्थानीय स्तरमा साना–साना कृषक समूहरु निर्माण गरी उनीहरुको समस्या र गुनासोहरु वडाले टिपोट गर्नेछ । त्यसका साथै समस्या सामाधानका उपाएहरु अबलम्बन गरिनेछ ।
६२.अर्गानिक उत्पादनको लागि प्रोत्साहन गरिनेछ सोही अनुसार कार्यक्रम सञ्चालन गरिने छ । यसको लागि गोठ सुधार कार्यक्रम संचालन गरिने छ ।
६३.गापा मा रहेका कृषि समग्रि वनाउने आरनलाइ व्यवस्थित तथा आधुनिकिकरण गरीने छ ।
६४. कृषकहरुको तथ्याङ्क वडा कार्यालयले राखिनेछ । वर्षमा १ पटक विभिन्न विधाका कृषकहरुलाई गापाले सम्मान गरिनेछ ।
६५.खाद्य सामग्री तथा मदिरा पसललाई व्यवस्थित गरिनेछ । हरेक खाद्यान्न पसलमा मदिरा राख्न नपाइने नीतिलाई लागु गरिनेछ ।
सिंचाई तथा खानेपानि
६६.वुढी गण्ढकी नदीको पानि मकैसिंग, घ्याल्चोक, लिफ्टीगं मार्फत तानेर सिंचाइको व्यवसथा गरिने छ र फुजेलमा सकेसम्म माथिसम्म तान्नको लागि सम्भाव्व्यता अध्ययन गरी योजना वनाइ लागु गरिने छ ।
६७.वार्ड नं ४ को ढावेमा कौदी खोला (गल्छी) देखी एक्ले पिपल, सिमलखन्ना, रिमल चौतारा खोलाखेत सम्मको सिंचाइ आगामी २ वर्ष भित्र पुरा गरिने छ ।
६८. माथिल्लो भूगोलमा उपलव्ध पानिको मुहानको अधिकतम प्रयोग गरिने छ र वर्षाको पानि संकलनको लागि पोखरी निर्माण, ल्पाष्टिक पोखरी निर्माण गर्न आवश्यक कार्यक्रम संचालन गरिने छ ।
६९. पानीको अधिकतम सदुपयोगकोलागि थोपा सिचाइ, फोहोरा सिचाइको आवश्यकता अनुसार व्यवस्था गरिने छ ।
७०.ससाना पानीको मुहान क्षेत्रको संरक्षण गर्दै उपलब्ध पानी सङ्कलन र वितरण गरिने छ ।
७१.भुम्लिचोकको पोखरीटारको पोखरी जस्तै अन्य खुला क्षेत्रमा वर्षाको पानी सङ्कलन केन्द्र ९ध्बतभच च्भअजबचनभ ऋभलतभच) स्थापना गरिने छ ।
७२.सबै घरपरिवारलाई सहुलियत दरमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार पानी उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय गरिनेछ ।
७३.प्रत्येक घरमा शुद्ध पिउने पानिको व्यवस्था गरिने छ । खानेपानि र विजुली महशुलमा विपन्न वर्गलाइ महशुलको छुटको व्यवस्था गरिने छ ।
व्यवस्थित बसोबास तथा सडक
७४.निजी घर तथा आवास क्षेत्र बसाउने सन्दर्भमा विज्ञहरूसँग समन्वय र सरसल्लाह गरी व्यावहारिक नीति बनाएर घर निर्माणको सिफारिस गर्ने नीति बनाइनेछ ।
७५.नयाँ ठाउँमा भवन निर्माण गर्दा भवनको मापदण्ड अनुसार गाउँपालिकाको स्थानीय शैलीको झलक देखिने गरी एउटै रङ, एउटै शैली र समान तला हुने गरी नमुना घरहरूको निर्माण गर्ने नीति बनाइनेछ ।
७६. ५ वर्ष भित्र सोलार जढित सढक लाइटको अत्यावश्यक ठाँउहरुमा जडान गरिने छ ।
७७. सडक निर्माण गर्दा प्राविधिकको सहयोगमा गरिनेछ । भएको सडकहरुको स्तरोन्नती गरिनेछ र सवै सडकहरुमा ५ वर्ष भित्र ढल व्यवश्था गरिने छ ।
७८. आवश्यकता अनुसार ग्राभेल, कालो पत्रे र ढलान गर्ने व्यवस्था गरिने छ ।
७९.फिस्लिङदेखि भैरबी मन्दिरसम्म जोड्ने सडकलाई स्थानीय सरकार, प्रदेश सरकार र संङ्घीय सरकारसँग सहकार्य गरेर कालोपत्रे गर्नको लागि पहल गरिनेछ ।
८०.गापा भित्र चल्ने सवारी साधनहरुको व्यवस्थापन गरिनेछ । ग्रामीण सडकमा हुने दुर्घटना न्युनीकरणको लागि समय समयमा, चालक, सह–चालक र गाडी मालिकलाई ट्राफिक प्रहरीसँग सहकार्य गरेर ट्राफिक शिक्षा दिइनेछ ।
८१.वडा भित्र नियमित चल्ने गाडी चालक र गाडी धनी सँग समन्वय गरी गाडी छुट्ने समय तोकिनेछ र यातायातमा सहजता ल्याइनेछ ।
८२.सवै वार्डवाट गापा कायैलय सम्म जाने सढकलाई ५ वर्ष भित्र कालो पत्रे वा ग्राभेल
८३.नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण तथा केबल– इन्टरनेट सेवाप्रदायकसँग समन्वय गरी पोल तार आदिको सहि व्यवस्थापन गरिनेछ
८४. काठे पोलाई पूर्ण रुपमा विस्थापन गरिने छ र ३ फेज विजुलि लाइन हुने छ ।
८५.सवै सडकहरु १२ महिना चल्ने वनाइने छ र त्यसभन्दा पहिला हरेक वर्ष वर्षा सकिनासाथ सडक सफा गरिने छ र यो क्रम आवश्यकता अनुसार आवश्यक ठाउहरुमा पटक पटक संचालन गरनिे छ ।
८६.बुढिगण्डकी विस्थापितहरुलाई उक्त आयोजनाको साथ एकिकृत बस्ती विकास गर्न पहल गरिने छ ।
वातावरण संरक्षण, जलवायु परिवर्तन तथा विपद व्यवस्थापन
८७.जङ्गल, चराचुरुङ्गी र जङ्गली जनावरहरुको चोरी शिकारी पूर्ण रुपमा बन्द गराई संरक्षणमा विशेष पहल गरिनेछ । त्यसका साथै गापा भित्र हुने सबैखाले बन्यजन्तु र चराचुरुङ्गीहरुको चोरी सिकारीमा कडाइ गरिने छ ।
८८.सवैवडा भित्रको विभिन्न सुख्खा जङ्गलहरुमा वातावरण मैत्री पानीपोखरीहरु निर्माण गरिनेछ । सडक किनारामा वहुयपयोगी वरिुवा लगाइने छ ।
८९. वातावरण संरक्षण गरी वडालाई प्लास्टिक र सिसारहित, स्वच्छ, हराभरा र प्रदूषणमुक्त बनाइने छ ।
९०.चेपाङ जातिको संस्कृतिसँग सम्बन्धि रहेको बृक्ष चिउरीलाई संरक्षण गर्नको लागि विशेष कार्यक्रम अगाडि बढाइनेछ ।
९१. टोल नजिक देखिएका स–सना पहिरोहरुलाई नियन्त्रण गर्न वृक्षारोपण कार्यक्रमलाई प्रथामिकता दिइने छ ।
९२. ऋष्mिबतभ क्mबचत खष्ििबनभ वा ऋष्mिबतभ क्mबचत ब्नचष्अगतिगचभ को लागि गापाको एकिकृत ऋष्mिबतभ क्mबचत बलम म्ष्कबकतभच च्भकष्ष्भिलअभ एबिल निर्माण गरी लागु गरिने छ ।
९३. प्राकृतिक विपदमा परेका गापा वासीलाइ तत्काल रु २५००० जिविकोपार्जन रकम र पुनर्लाभको लागि आवश्यक व्यवस्था गरिने छ ।
९४. भूकम्प, बाढी–पहिरो, डुबान, महामारी, आगलागी आदि विपद्बाट जोगिन नागरिकमा पूर्वसचेतनामूलक कार्यक्रम गरिनेछ । विपद्मा परेका नागरिकको उद्धार एवं व्यवस्थापनमा रेडक्रस लगायतका संस्थासँग समन्वय गरिनेछ ।
खेलकुद विकास
९५. प्रत्येक वर्ष गाउँपालिकास्तरीय फुटवल प्रतियोगिता आयोजना गरी राष्ट्रियस्तरको खेलाडी उत्पादन गर्ने अभियान सञ्चालन गरिनेछ र प्रत्येक वर्ष गाउँपालिकास्तरीय भलिवल, बास्केटवल, ब्याडमिन्टन लगायत खेलहरुको विकासमा अग्रसरता लिइनेछ ।
९६.प्रत्येक वार्डमा फुटवल खेख्न मिल्ने खेल मैदान निमौण गरिने छ ।
९७.आन्तरिक (क्ष्लमययच न्बmभ० गेमकोलागी प्रत्यक वार्डमा कवर्ड हल को निर्माण गरिने छ ।
९८.गाउँपालिका स्तरिय सुविधा सम्पन्न खेल मैदान निर्माण गरिने छ ।
न्यून आय भएका नागरिकलाई विद्युत् लाइनको व्यवस्था
९९.न्यून आय भई विद्युत् लाइन जोड्न नसकेका बासिन्दालाई वडाले निःशुल्क लाइन जोडिदिनेछ ।
१००.खाना पकाउँदा बिजुलीको प्रयोग गर्न नागरिकलाई प्रोत्साहन गरिनेछ । पर्यटन र अन्य उद्योग व्यवसायलाई ध्यानमा राखी भोल्टेज कम नहुने गरी बिजुलीको व्यवस्था गर्न विद्युत् प्राधिकरणसँग समन्वय गरिनछ ।
१०१ सकेसम्म वडामा कम्तिमा एउटा सार्वजनिक पुस्तकालय स्थापना गरिनेछ । त्यो सम्भव नभए हाल विद्यालयहरुमा रहेका पुस्ताकालयहरुलाई व्यवस्थित गरिनेछ ।
१०२. ५ वर्ष भित्र ग्यास र दाउरालाइ विस्थापन गर्न विद्युतीय चुल्हो गापाको कम्तिमा ६० प्रतिशत अनुदानमा वितरण गरिने छ ।
विशेष आर्थिक व्यवस्था तथा रोजगारी सृजना कार्यक्रम
१०३.गापा तथा वडाले उठाउने सेवाशुल्क र अन्य शुल्कको पुनरावलोकन गरिनेछ ।
१०४. आर्थिकोपार्जनका स्रोत, कृषि, उद्योग, व्यापार र अन्य सेवाको पहिचान गरी त्यस्तो काम गर्न चाहने संस्था तथा व्यक्तिलाई सहुलियत ऋणको व्यवस्था र विपन्न वर्गको आर्थिक उत्थानका लागि विशेष सेवा दिन गाउँपालिकामा रहेको कृषि विकास बैंकलाई अनुरोध गरिनेछ । गाउँपािलका र वित्तीय संस्थाको पहल एवं सार्वजनिक तथा निजी संस्थाको सहभागितामा ९एगदष्अि एचष्खबतभ एबचतलभचकजष्उ० मा कृषि, मझौला उद्योग र व्यवसायको पहिचान गरी रोजगारी सिर्जना गर्ने र आर्थिकोपार्जन गर्ने कार्यक्रम ल्याइनेछ ।
१०५. गापामा रहेको प्रकृतिक श्रोतको व्यवस्थापनको लागि (ढुंगा, वालुवा, गिटि, वन पैदावर, आदि) पहिलो प्रामिकता सोही वार्डका जनता (विशेष गरी युवाहरु)लाइ दिइने छ ।
१०६. बेरोजगार युवायुवतीको विवरण सङ्कलन गरी इच्छुकलाई रोजगारी मिल्ने अन्तरराष्ट्रिय भाषा, ट्रेकिङ गाइड, ड्राइभिङ, मोबाइल र कम्प्युटर मर्मत, कुक, वेटर, हाउस किपिङ, प्लम्बिङ, सिलाइ–बुनाइ, डकर्मी, सिकर्मी, नर्सरी, वायरिङ, साइकल, मोटरसाइकल, साना तथा ठूला सवारी मर्मत आदि जस्ता सीपमूलक तालिम दिइनेछ ।
१०७. रोजगार सिर्जना नहुँदासम्मको अवधिमा वैदेशिक रोजगारमा जाने श्रमिकहरूको तथ्ययुक्त विवरण राखी उनीहरूलाई समस्या पर्न गएमा सम्बन्धित निकाय र रोजगारदातासँग समन्वय गरी समस्या समाधान गरिनेछ ।
सामाजिक भेदभाव तथा महिला हिंसाको अन्त्य
१०८. समाजमा रहेको जातीय भेदभाव र छुवाछुत मेटाउनका लागि विविध रचनात्मक कार्यक्रम गर्नुका साथै विशेष अभियान सञ्चालन गरिनेछ ।
१०९. महिलामाथिको विभेद र अपमान तथा महिला हिंसा अन्त्य गर्न र महिलालाई समान अधिकार, सम्मान र अवसरमा प्राथमिकता दिने कुरामा प्रत्येक वडाहरूलाई महिला हिंसामुक्त वडा घोषणा गर्ने कार्यक्रम लागु गरिनेछ ।
११०. हरेक क्षेत्रमा महिला सहभागिता बढाउँदै लैजाने नीति लिइने छ ।
तथ्याङ्क सङ्कलन
१११. प्रत्यक वडामा रहेका स्थायी बासिन्दाको पेसा, व्यवसाय, शिक्षा, विज्ञता, स्वास्थ्य, बेरोजगारी, विपन्न नागरिक, ज्येष्ठ नागरिक, एकल महिला/ पुरुष, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, गम्भिर रोगबाट पीडित नागरिक, उद्योग–व्यवसाय, कृषि, पर्यटन, सञ्चार आदिमा संलग्न व्यक्तिहरूको तथ्याङ्क र अभिलेख सङ्कलन गरी त्यस्ता व्यक्तिबाट सम्पन्न वडाको लक्ष्य प्राप्तिका लागि सहयोग लिइनेछ । त्यसका लागि व्यवस्थापन सूचना प्रणाली (ःबलबनझभलत क्ष्लायचmबतष्यल क्थकतझ) खडा गरिनेछ ।
११२. सवै वडाको समग्र विकासको लागि वडाका सवै क्षेत्रको विकासका जानकार एवम् विज्ञ, राजनीतिक दलका प्रतिनिधिहरु र सवै वडावासीको सहभागितामा अल्पकालीन र दीर्घकालीन विकास नीति र योजना बनाई कार्यान्वयन गरिनेछ ।
११३. सवै वडाको नागरिकहरुलाई प्रत्येक टोल–टोलबाट बजेट निर्माण अघि आवश्यकता र सुझाव माग गरिने छ । आवश्यकता र सुझाबलाई एकिकृत गरि प्रथामिकताको आधारमा बजेट निर्माण गरने छ ।